दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ज्यान जानेमा गढवा निवासी अन्दाजी ३० बर्षिय आत्माराम चौधरी रहेको जिल्ला प्रहरी कर्यालय दाङले जानकारी दिएको छ । बुधवार दिउसो १२ बजेको समयमा गढवा गाउँपालिका वडा नं २ पचाहा कालाकाटे देखी गढवा तर्फ जादै गरेको ना २ ख ७५११ नम्बरको बसले पैदल यात्री चौधरीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट चौधरीको घटना स्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस