• २०७७ कार्तिक ४ गते मङ्गलवार

नव निर्वा्चित प्रदेशसभा सदस्य वली र वडाध्यक्ष डागीद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण

Author Logo..
२०७६ मङ्सिर १८ गते बुधवार

दाङ, दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ बाट निर्वा्चित प्रदेशसभा सदस्य बिमला ओलीलाई पद तथा गोपनीयताको सपथ खुवाईएको छ । भर्खरै भएको उपनिर्वाचनमा बिजय हाँसिल गरेकी ओलीलाई बुधबार प्रदेशसभामुख पूर्णबहादुर घर्तीले सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण पश्चात् पत्रकारहरूसँग कुरा गर्दै नवनिर्वा्चित प्रदेशसभा सदस्य वलीले श्रीमानले जनतासामु गरेका बाचा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् । प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा परि निधन भए पछि सो क्षेत्रमा यही मंसिर १४ गते उपनिर्वाचन भएको थियो ।
२०४१ सालमा नेपालगञ्जमा जन्मिएकी विमलाको २०६५ सालमा उत्तरकुमार वलीसँग बिवाह भएको थियो । उनका ९ र ७ बर्षका दुई छोरा रहेका छन् । त्यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर १६ का नवनिर्वा्चित अध्यक्ष ताराबहादुर डाँगीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।


नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले नव निर्वा्चित वडा अध्यक्ष डाँगीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन । वडा नम्बर १६ का नवनिर्वा्चित अध्यक्ष डाँगीलाई कार्यबहाक प्रमुख न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, वडा अध्यक्ष एवं कार्य पालिकाका सदस्यहरुले टिका र माला लगाएर स्वागत एवं बधाई ज्ञापन गरेका छन ।
कार्यक्रममा नव निर्वा्चित अध्यक्ष डाँगीले वडाबासीको मन जित्ने गरी समन्वय र सहकार्यबाट काम गर्ने प्रतिबद्धता जनाए । सच्चा जनप्रतिनिधीकोरुपमा आफुले काम गर्ने भन्दै सबैबाट सहयोगको पनि अपेक्षा गरेको उल्लेख गरे । नगरका कार्यबहाक प्रमुख न्यौपानेले बधाई ज्ञापन गर्दै वडाबासीको मन जितेर विकासमा लाग्न र सहकार्यबाटै कार्य सम्पादनलाई अघि बढाउन आग्रह गरिन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार