• २०७७ कार्तिक ६ गते बिहिवार

जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु, मृतकहरुको नाम खुल्यो

Author Logo..
२०७६ मङ्सिर १७ गते मङ्गलवार

गुल्मी । गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप दुर्घटनाका मृतकहरुको नाम खुलेको छ । मंगलबार बिहान ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिए ।

जिपमा सवार १८ मध्ये ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना पुरुष, एक जना महिला र एक जना शिशु घाइते छन् । मृत्यु हुनेहरुमा गुल्मी इस्मा गाउँपालिका ५ का गाडि चालक रेशम थापा, सोहिठाउँकि २५ वर्षीय, माया थापा, ४० वर्षीय, वसुन्धरा कार्की, नवलपरासी वर्दघाटकि झुमा कार्की, बागलुङ बडिगाड कि ५५ वर्षीय लक्ष्मी केसी, इस्मा ५ गुल्मीकि ४० वर्षीयसीता कार्की, सोहि ठाउँकि तुलसी कार्की, ४५ वर्षीय भूमि कार्की, २५ वर्षीय, मीना कार्की , धनबहादुर कार्की , ४० वर्षीय झवि कार्की, रहेका छन ।

अन्य ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार