• २०७७ कार्तिक ११ गते मङ्गलवार

भारतको सिम्लाबाट घर हिडेका दाङ अमुवाका मियाँ ८ दिन देखी ब्यपक्ता

Author Logo..
२०७६ मङ्सिर १६ गते सोमवार

दाङ, दाङ शान्तिनगरका एक ब्यक्ति ८ दिन देखी ब्यपक्ता भएका छन । शान्तिनगर गाउँपालिका २ अमुवा बस्ने बर्ष ४८ का ईसिप मिया (राजेश) यहि मंसिर ९ गतेदेखी भारतको सिम्लाबाट नेपाल घर आउन भनि हिडेका अहिले सम्म सम्पर्कमा नआएको आफ्न्ती अब्दुल सप्तार मियाँले बताए । मंसिर ९ गते भारतबाट घर जान्छु भनि, सिम्लाबाट रुपैडियाको बसमा चढेका मियाँ आज सम्म घर नआएको आफ्न्ती मियाँले बताए । आज सिम्लाबाट हिडेको ८ दिन भैसक्यो, घर परिवार आत्तिएका छन, ईसिप हामी जस्तो प्रष्ट बोल्न सक्दैनन्, उनले भने । गत जेष्ठमा उनी सिम्ला गएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार