• २०७७ फाल्गुन २३ गते आइतवार

बबई गाउँपालिका र तुलसीपुरका ४ वडाको मत गणना सम्पन्न, बिमला अगाडी

Author Logo..
२०७६ मङ्सिर १५ गते आइतवार

दाङ, दाङमा प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा भएको उपचुनावमा अहिले सम्म बबई गाउंपालिका र तुलसीपुर उपहानगपालिकाका ४ वटा वडाकोे मत गणना सकिएको छ । अहिले सम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्रता कायम छ ।

बबई गाउँपालिकाका १,२, ३, ४, ५,६,७ र तुलसीपुर उपमहानगरपालिकाका १, २, १० र ११ को गरी २२ हजार ९८९ मत गणना सम्पन्न हुदा (नेकपा)की बिमला कुमारी खत्री वलीले २ हजार ८ सय ६१ मतले लिड गरेकी छन् । बिमलाले १२ हजार ७४० मत ल्याउँदा नेपाली कांग्रेसका केशवराज शर्माले ९ हजार ६०९ मत ल्याएका छन् । त्यसैगरी तेस्रो स्थानमा राप्रपाका भुपाल रावत रहेको छन् उनले अहिले सम्म १४७ मत प्राप्त गरेका छन, भने समाजबादी पार्टीले ९६,साझा पार्टीले ८८ मत प्राप्त गरेको छ ।

अहिले सम्म ३७७ मत बदर भएका छन् । प्रदेश सभा सदस्यका लागी उक्त क्षेत्रबाट २ स्वतन्त्र १२ दलका उम्मेदवार गरी १४ जना चुनावी मैदानमा उत्रिएका थिए । कुल ६८ हजार७१९ मतदाता रहेको उक्त क्षेत्रमा ४५ हजार ७१८ मत खसेको थियो । तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडा र ३ वटा गाउँपालिकाका मतदाताहरुले मतदान गरेका थिए । मतदान जिल्ला समन्वय समितीको हलमा विहान साढे ८ बजेदेखी शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार