• २०७७ मङ्सिर ११ गते बिहिवार

दाङमा बिमलाको अग्रता कायम, नेपाली काग्रेसले पछ्याउँदै

Author Logo..
२०७६ मङ्सिर १५ गते आइतवार

दाङ, प्रदेशसभा सदस्यका लागि दाङ ३ ९ख० मा भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले अग्रता बढाउदै लगेको छ । बबई गाउँपालिकाका १,२, ३, ४, ५,६ र तुलसीपुर उपमहानगरपालिकाका १, २, १० र ११ को गरी २१हजार १८७ मत गणना सम्पन्न हुदा ९नेकपा०की बिमला कुमारी खत्री वलीले २ हजार ९ सय ७७ मतले लिड गरेकी छन् । बिमलाले ११ हजार ६ सय ८२ मत ल्याउँदा नेपाली कांग्रेसका केशवराज शर्माले ८ हजार ७०५ मत ल्याएका छन् । त्यसैगरी तेस्रो स्थानमा राप्रपाका भुपाल रावत रहेको छन् उनले अहिले सम्म १४३ मत प्राप्त गरेका छन, भने साझा पार्टीले ८६ मत प्राप्त गरेको छ । प्रदेश सभा सदस्यका लागी उक्त क्षेत्रबाट २ स्वतन्त्र १२ दलका उम्मेदवार गरी १४ जना चुनावी मैदानमा उत्रिएका थिए । कुल ६८ हजार७१९ मतदाता रहेको उक्त क्षेत्रमा ४५ हजार ७१८ मत खसेको थियो । तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडा र ३ वटा गाउँपालिकाका मतदाताहरुले मतदान गरेका थिए । मतदान जिल्ला समन्वय समितीको हलमा विहान साढे ८ बजेदेखी शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार