दाङमा उपनिर्वाचन सम्पन्न, प्रदेशतर्फ ६६.५२ प्रतिशत स्थानियतर्फ ७२.४४ प्रतिशत मत खस्यो

Author Logo..
२०७६ मङ्सिर १४ गते शनिवार

दाङ, दाङको २ स्थानमा भएको निर्वाचन शानिपूर्ण तवरले सम्पन्न भएको छ । प्रदेश सभा सदस्य र स्थानिय तहको लागी निर्वाचन भएको थियो । २ स्थान भएको निर्वाचनमा कुल ७३ हजार १७२ मतदात थिए । बिहान ७ बजेदेखी बेलुका ५ बजे सम्म भएको निर्वाचनमा ७२.४४ प्रतिशत मत खसेको थियो । घोराही १६ मा वडा अध्यक्ष पदको लागी २ स्वतन्त्र ५ दल गरी ७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए,भने उक्त निर्वाचन क्षेत्रमा कुल मतदाता ४ हजार ४५३ रहेकोमा ३ हजार२२६ मत खसेको छ । त्यसैगरी प्रदेश सभा सदस्यको लागी दाङ क्षेत्र नं. ३ (ख)मा ६६.५२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त क्षेत्रबाट २ स्वतन्त्र १२ दलका उम्मेदवार गरी १४ जना चुनावी मैदानमा थिए । उक्त क्षेत्रमा ६८ हजार ७१९ कुल मतदाता थिए, भने ४५ हजार ७१८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको थियो,भने रहमतदाताहरुले निर्वाध ढंगले मतदान गरेका थिए । निर्वाचन क्षेत्र नं. ३ (ख) मा ३२ मतदान स्थलमा ७७ वटा केन्द्र थिए। भने घोराही १६ मा २ मतदान स्थलमा ५ निर्वाचन केन्द्रमा शान्तिपूर्ण तरीकाले सम्पन्न भएको हो ।

निर्वाचनमा सुत्केरी आमा देखी जेष्ठ नागरिक, किरियापुत्रीहरु समेत उत्साहित भएर मतदानमा सहभागि थिए । त्यसैगरी दाङका विभिन्न मतदान केन्द्रवाट किरियापुत्रीहरुले पनि मतदान गरेका छन् । प्रदेशसभा सदस्यको लागी दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) को शान्तीनगर गाँउपालिका २ मा रहेको जनकल्याण मावि सिमसुन्दरपुर केन्द्रबाट मा ४ जना किरियापुत्रीले पनि मतदान गरेका हु्न । मतदान गर्नेहरुमा अमर विष्ट , खिम बहादुर विष्ट, दुर्गा बहादुर खड्का र केशरी खड्का रहेको सहायक मतदान अधिकृत मदन बस्नेतले बताए । त्यसैगरी बबई गाउँपालिका ५ बबरपुरका किरियापुत्री जित बहादुर डाँगी, तुलसी डाँगी, मिहाल डाँगी र ईश्वरी डाँगीले जनता आधारभुत विद्यालयमा रहेको निर्वाचन केन्द्रबाट मतदान गर्नु भएको हो ।
त्यसैगरी आज बेलुकाबाट घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षका लागि भएको मतदानको मतगणना दाङ देउखुरी जिल्ला अदालतको मेलमिलाप कक्षमा हुने भएको छ ।
सुरु हुने भएको छ । तर निर्वाचन क्षेत्र नं. ३ (ख) प्रदेससभा को लागी भएको मतदानको मतगणना भने आइतवार बिहानबाट मात्रै हुने भएको छ । प्रदेससभा सदस्यको मतदानका मतगणना जिल्ला समन्वय समितिको सभाहलमा २ समूहमा हुने गरी व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार