दाङमा उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा, सुरक्षा ब्यवस्था कडा

Author Logo..
२०७६ मङ्सिर १३ गते शुक्रवार

दाङ, दाङका २ स्थानमा भोली सनिवार हुने उपनिर्वाचनको सम्पुर्ण तयारी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दाङको घोराही १६ मा वडाध्यक्ष पदको लागी र दाङ कै निर्वाचन क्षेत्र नं ३ (ख)मा प्रदेशसभा सदस्यको लागी हुने निर्वाचनको सम्पुर्ण तयारी भएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख बुद्धि बहादुर खत्रीले बताए।
शनिवार दंगीशरण गाउंपालिकाको श्रीगाउँमा रिर्पोर्टर्स क्लब दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख खत्रीले निर्वाचनको लागी निर्वाचन कार्यालयले मतदान केन्द्रमा कर्मचारी खटाई सकेको र मतदान सामाग्रीहरु सबै मतदान केन्द्रमा पठाई सकेको उनले बताए । त्यसैगरी मतदाताहरुको लागी परिचय पत्र वितरण कार्य पनि बिहीवारदेखी शुरु गरेको उनले बताए। त्यसैगरी उनले शनिवार बिहान ७ बजेदेखी मतदान शुरु हुने र त्यसको लागी सम्पुर्ण तयारी भएको बताए।


यता दाङको २ स्थानमा हुने निर्वाचनलाई मध्यनजर गरी सुरक्षा ब्यवस्था कडा पारीको जिल्ला सुरक्षा समितीले जनाएको छ । निर्वाचन सुरक्षाका लागी तीनै तहको सुरक्षा निकाय परिचालन गरिएको जिल्ला सुरक्षा समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। जिल्लामा हुने उपनिर्वाचानमा ३४ वटा मतदान स्थल रहेका र ति मतदान स्थललाई सुरक्षा दृष्टिकोणले ६ वटालाई अति संम्बेदनशिल, २६ वटा संम्बेदनशिल र २ वटा सामान्यमा बर्गीकरण गरी सुरक्षा ब्यवस्था गरेको रिजालले बताए ।

त्यसैगरी स्थल मार्ग, मोबाइल गस्ती विशेष सूचकको परिचालन समेत गरिएको छ । त्यसैगरी कुनै पनि मतदान स्थलमा कुनै अप्रिर्य घटना भएमा १० मिनेटमा मतदान स्थलमा पुग्ने गरि छुट्टै मोबाइल र क्वीक रेस्पान्स फोर्सको समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । त्यस्तै मतदातालाई सुरक्षित रुपमा मतदान गर्ने वातावरण तय गर्न र मतदाता, मतदानस्थल मतपेटिका र कर्मचारी, नागरिकको सुरक्षाका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको उनले बताए ।

दाङको २ स्थानमा हुन लागेको निर्वाचनमा कुल मतदाता ७३ हजार १ सय ७२ जना मतदाताले मतदान गर्ने भएका हुन् । निर्वाचन क्षेत्र नं ३ (ख)मा प्रदेशसभाका लागी ६८ हजार ७ सय १९ जनाले मतदान गर्ने निर्वाचन कार्यालय दाङले जनाएको छ । त्यसैगरी, घोराही उपमहानगरपालिका वडा नं १६ मा ४ हजार ४ सय ५३ जनाले मतदान गर्दैछन् ।

दुई स्थानको चुनाबका लागि ३४ मतदान स्थल र ८२ केन्द्र तोकिएको छ । निर्वाचन क्षेत्र नं ३ (ख) मा ३२ मतदान स्थल र ७७ मतदान केन्द्र, घोराही १६ मा २ मतदान स्थल र ५ केन्द्र केन्द्र रहेका छन् । प्रदेससभा सदस्य तर्फ १२ राजनितिक दल र २ स्वतन्त्र गरी १४ जना प्रतिस्पर्धा गर्दै छन् भने घोराही १६ मा ५ राजनितिक दल र २ स्वतन्त्र गरी ७ जनाले वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा र घोराही १६ का अध्यक्ष लछिनप्रसाद बुढाको बिरामीका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार