दाङ । दाङमा विप्लव समुहका विद्यार्थी संगठनका नेता पक्राउ परेका छन् । घोराही १३ सेवार बस्ने २५ वर्षिय अनिल केसीलाई प्रहरीले पक्राउ गरेको हो । उनी विप्लव समुह निकट अखिल क्रान्तीकारी विद्यार्थी संगठनका जिल्ला कमिटी अध्यक्ष भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराही १५ तुलसीपुरचोक नजिकै हिडिरहेको अवस्थामा बिहीबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । उनी माथी थप अनुसन्धान भईरहेको जनाइएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस