२४ घण्टापछि मृतक १९ जनाको सनाखत

Author Logo..
२०७६ मङ्सिर १२ गते बिहिवार

बुटवल । अर्घाखाँचीको सन्धिखर्क कपिलवस्तुको गोरुसिङ्गे आउँदै गरेको बस दुर्घटनामा मृत्तक १९ जनाको २४ घण्टापछि सनाखत भएको छ । हिजो सन्धिखर्क नगरपालिका– ६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत अर्घाखाँची जिल्लका प्रमुख जिल्ला अघिकारी बिजयराज पौडेलले बताए ।

सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको छ । घाईतेहरुको बुटवल र भैरहवाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बुझाउन बाँकी रहेका शव जिल्ला अस्पताल अर्धाखाँचीमा राखिएको छ । दुर्घटना भएको स्थान अर्धाखाँचीको घुक्तीकटेपछि सल्लेरीमा भएको थियो । जहाँ बस्ती छैन् । बस्ती नभएको स्थान र सदरमुकाम सन्घिखर्कमा लैजान टाढा भएका कारण उदारको लागी ढिलाई भएको थियो । घाइतेहरु धेरैको घटनास्थलमै मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार