दाङ, दाङको बंगलाचुली गाउँपालिकाले मंगलवारदेखी एम्बुलेन्स सेवा शुरु गरेको छ । दाङका १० स्थानिय मध्य विकट मानिने गाउँपालिकाले आफ्ना गाउँपालिकाका नागरिकहरुलाई स्वास्थ्य सेवामा सहज पु¥याउने उदेश्यका साथ एम्बुलेन्स सेवा शुरु गरेको हो । गाउँपालिकाले नागरिकहरुलाई सहज स्वास्थ्य सेवा दिने लक्ष्यका साथ भौगोलिक रुपमा विकट मानिएको वडा नम्बर ६ र ८ लक्षित गरेर एम्बुलेन्स संचालनमा ल्याएको छ ।
गाउँपालिकाको हाँसीपुर क्षेत्रमा नागरिकलाई लक्षित गरेर एम्बुलेन्स सेवा शुरु गरेको गाउँपालिकाका अध्यक्ष भक्त बहादुर वलीले बताए । अब एम्बुलेन्स संचालन भएपछि चौबिसै घण्टा आपत विपत परेकाहरुले चाँडो स्वास्थ्य सेवा लिन उनको भनाई थियो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग तथा गाउँपालिकाको २ लाखको लागतमा गाउँपालिकामा ल्याइएको एम्बुलेन्सले सेवा प्रदान गर्न थालेपछि स्थानीय खुशी भएका छन् । उक्त एम्बुलेन्सको सेवा गाउँपालिकाका अन्य वडाका नागरिकहरुले पनि पाउँने अध्यक्ष वलीले बताए ।
अब करीव १ हजार २ सय बढी स्थानीय नागरिकहरु अब एम्बुलेन्स सेवाबाट प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाले जनाएको छ । हाललाई सबै वर्ग समुदायलाई एकै खालको शुल्य निर्धारण गरेर सेवा प्रदान गरिए पनि केही समयमै एम्बुलेन्स संचालन कार्य विधि बनाएर महिला, गर्भवती तथा असहायहरुलाई छुट प्रदान गर्ने योजना रहेको अध्यक्ष वलली बताए ।