पश्चिम दाङमा यसरी उर्लियो (नेकपा)को जनलहर (फोटोहरु)

Author Logo..
२०७६ मङ्सिर १० गते मङ्गलवार

          कांग्रेसले विकासको भ्रम छर्दै : मुख्यमन्त्री पोख्रेल

हापुरे,, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपाली काँग्रेसले विस वर्षको अवधिमा केवल दुईवटा पुल मात्रै वनाएर विकासको भ्रम छरेको बताए । मंगलवार बबई गाउँपालिका स्तरीय विशाल चुनावी सभालाई सम्वोधन गर्दै उनले बताए। मुख्यमन्त्री पोख्रेलले नेकपाले छोटो अबधिमै दर्जन बढि पुल बनाएको बताउँदै उहाँले जनतामा विकास गर्ने पार्टी कोहो भन्ने छाप बसिसकेको बताए । अहिले जताजतै पुलैपुल छन् , हामीले जिल्लाको पहिचान नै बदलेका छौ’ उनले भने । काँग्रेसले भ्रष्टाचार गर्नका लागि योजना सञ्चालन गर्ने गरेको आरोप लगाउँदै उनले केयौ योजना अलपत्र अबस्थामा रहेको बताए । उनले नेकपाको सरकार आएपछि पश्चिमका जनता पहिलोपटक कालोपत्रे बाटोमा हिड्न पाएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले आजसम्मकै सबैभन्दा बढी आर्थिक बृद्धिदरको लक्ष्य हासिल गरेको भन्दै मुख्यमन्त्री पोख्रेलले पाँच वर्षपछि दक्षिण एसियालाई नै चकित पार्ने गरी आर्थिक बृद्धिदर हुने दाबी गरे । सरकारका गतिविधिप्रति प्रतिपक्ष दलले नकारात्मक टिप्पणी गर्न थालेको भन्दै मुख्यमन्त्री पोख्रेलले सरकारको प्रगति हेर्न अब ३ वर्ष कुर्न आग्रह समेत गरे । ‘हामीले जुन अवस्थामा काम सुरु गरेका थियौं, त्यो अवस्था भनेको संघीयता कार्यान्वयनका लागि बिलकुलै नयाँ अभ्यास थियो । यस्तो अवस्थामा पनि हामीले ७ दशमलव १ प्रतिशत आर्थिक बृद्धि ग¥यौं’, उनले भने । ‘सरकारले केही गरेन भनेर टिकाटिप्पणी गर्ने प्रतिपक्ष दल कांग्रेसका मित्रहरु अब ३ वर्ष कुर्नुहोस् । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रदेश अध्यक्ष ओनसरी घर्तीले नेकपाले महिलाहरुलाई नेतृत्व तहमा पु¥याउँदै आएको बताईन् । ‘नेकपाले महिलालाई सभामुखदेखि राष्ट्रपतिसम्मको पदसम्म महिलालाई पु¥याएको थियो’, उनले भनिन् ।

पश्चिम दाङमा यसरी उर्लियो (नेकपा)को जनलहर (फोटो)

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार