दाङमा बस दुर्घटना हुदा एकको मुत्यु, २० घाईते, ४ को अवस्था गम्भिर (न्युज अफडेट)

Author Logo..
२०७६ मङ्सिर १० गते मङ्गलवार

दाङ, दाङमा बस दुर्घटना हुदा एक किसोरीको मुत्यु भएको छ, भने २० जना घाईते भएका छन् । दाङको घोराही देखी प्युठानको ढिकावाङ तर्फ जादै गरेको ना ३ ख ६५४२ नम्वरको बस बंगलाचुली गाउँपालिका ६ बचेनी भन्ने ठाउँमा मंगलवार दिउँसो सवा तिन बजे दुर्घटना हुदा बसमा सवार प्युठान माण्डवी गाउँपालिका २ बस्ने बर्ष १६ की नेहा वलीको घटना स्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बस दुर्घटनामा परि अन्य २० जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ, भने अन्यको मध्यम र सामान्य रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि बंगलाचुली गाउँपालिका ६ रुपिनडाडा बस्ने ४० वर्षिय बसका सहचालक हिक्मत पुन गम्भिर घाईते भएका छन् । उनको उपचारका लागी कोहलपुर रिफर गरिएको छ । यस्तै बस चालक प्युठान माण्डवी गाउँपालिका १ बस्ने ३४ बर्षिय लोक बहादुर बुढा, घोराही उपमहानगरपालिका १ बस्ने ३२ बर्षिय सन्तोष परियार, घोराही १६ शर्रा बस्ने २२ बर्षिया बिमला शर्मा गम्भिर घाईते भएका छन् । उक्त बस अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार