१६ दिने लैगिंक हिंसा विरुद्ध अभियान

Author Logo..
२०७६ मङ्सिर ९ गते सोमवार

जयन्ती चौधरी

तुलसीपुर, समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यद्धता भन्ने मुल नाराका साथ सोमबार देखि लैगिंक हिंसा विरुद्ध १६ दिने अभियान दाङ लगायत देशैभर एकै साथै मनाईदै छ । महिला हिंसा विरुद्ध काम गर्ने गैरसरकारी संस्था महिला पुनस्थापना केन्द्र ओरेक नेपालले नेपालमा काम गर्दा पांच वर्ष सम्मको तथ्याङ्कमा २०७२÷७६ मा ७९१३ जना महिलामाथि विभिन्न स्वरुपको घटना भएको तथ्याङ्क छ । ०७५÷७६को तथ्याङ्क हेर्दा १४३ जना महिला र बालबालिकाको हत्या भएको, नेपाल प्रहरीको तथ्याङ्कमा ०७५÷७६सम्ममा १४ हजार ७ सय ७४ जनामा घरेलु हिंसा भएको तथ्याङ्क छ । त्यस्तै २२३० जना महिला तथा बालबालिकामा बलात्कार र ७ सय ८६ जनामा बलात्कारको प्रयास, २५८ जनामा बेचविखन गरिएको, बोक्सीको आरोप ४६ जना माथि लागेको तथ्याङ्क छ ।
दाङको तथ्याङ्क हेर्ने हो भने २०१९ जनवरी देखि हालसम्ममा १११ वटा विभिन्न किसिमका घरेलु हिंसा, जबरजस्ती करणी, बहुविवाह आदि भएको दाङ जिल्ला पुनः स्थापना केन्द्र ओरेक की जिल्ला संयोजक ईश्वरी थापाले बताइन् । साथै ओरेक नेपाल संस्थाले सुरक्षा आवास पनि संञ्चालन गरेको बताइन् । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना, तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा मंसिर ९ गतेदेखि लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख अभिभाकत्वमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम शुरुवात गरिएको छ । अभियानको शुरुवात गर्दै नगर प्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई लैंगिक हिंसा मुक्त नगरपालिका बनाउने प्रतिवद्धाता व्यक्त गर्नु भएको छ । लैंगिक हिंसा मुक्त समाज निमार्ण हामी सबै एकजुट भएर लाग्न सम्पूर्ण नगरवासीलाई अनुरोध गरिन् ।
त्यस्तै सोमबार तुलसीपुर उपमहानगरपालिकाले शुरुवात गरेको १६ दिने अभियानमा अभिभावकत्व ग्रहण गर्न गर्दै तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्य शर्माले यदि कहि कतै हाम्रो छरछिमेकमा महिला हिंला हिंसा, लैगिक हिंसा भएको छ वा हुन्छ भने त्यस्ता किसिमका घटना हुन नदिन र बालविवाहलाई न्यूनिरण गर्न सबै नगरबासीलाई आग्रह गरिन् । तुलसीपुर उपमहानगरपालिका दाङमा क्रियाशिल हामी सरकारी तथा गैरसरकारी संघ संस्था, राजनैनिक दल, नागरिक समाज, पत्रकार तथा नीजिक्षेत्र सबैले लैगिंक हिंसा अन्त्य गर्न प्रतिवद्धताको अनुशरण गर्दै लैगिंक हिंसामुक्त समाज निर्माणका लागि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्र्दभ पारी (मिति २०७६ मंसीर ९ देखि २४ गते सम्म) हस्ताक्षर गरि आ आफ्नो प्रतिवद्धता व्यक्त गर्छु भनि अभियानको शुरुवातसोमबार तुलसीपुर उपमहानगरपालिकाको प्रङ्गानमा गएिको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार