तुलसीपुर, मंसिर ९ : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले देशमा शान्ति सुरक्षा, सुशासन र देशको रक्षा गर्ने नसकेको आरोप लगाए । सोमवार दाङको तुलसीपुरमा रिर्पोर्टर्स क्लब दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले सीमा मिचेएको विषयमा सरकार गम्भीर नभएको समेत बताए ।
उनले भने, भारतले निकालेको नक्सा सच्चाउनेप्रति सरकारले चासो नदेखाएको समेत आरोप लगाए । उनले भारतले निकालेको नक्साको बारेमा कुटनितीक रुपबाट समाधान गर्नु पर्ने ठाउँमा बाहिर–बाहिर बोलेर हिडेको बताए । जुन कुटनितीक रुपमा टेबुल गर्नु पर्ने हो, त्यो सरकारसंग क्षमता नभएको समेत बताए । त्यसैगरी नेता पौडेलले बर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मुल्य मान्यतालाई उल्ट्यादै गएको समेत आरोप लगाए ।
त्यसैगरी कम्युनिष्टहरु वंश परम्परा र नातावादलाई महत्व दिएर अहिलेको चुनावमा जुटेको बताए । यो सरकारको कुनै विचार,सिद्धान्त,निष्ठा आधार छैन, उनले भने,केही पनि आर्दश नभएको दमाद हो,अहिलेको यो सत्तावादीहरुको दमाद । उनले अहिले कम्युनिष्ट सरकारको विरुद्धमा नेपाली कांग्रेस देशभरी चुनावी अभियानमा जुटेको पनि बताए ।
जनतालाई भएभरका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको बताए । उनले भने,यो सरकारले कुनै पनि राम्रो काम गर्न सकेन तर नेपाली कांग्रेसले सुरु गरेका विकास निमार्णका कामलाई उद्घाटन गर्दै त्यहि मञ्चबाट हामीलाई गाली गर्ने काम गरेको छ । यो सरकारले कुनै शिलन्यास नगरेको र कुनै ठुला योजना नेपालमा नल्याएको समेत गरे ।