दाङले विकासमा फड्को मा¥र्याे : मुख्यमन्त्री पोखरेल

Author Logo..
२०७६ मङ्सिर ८ गते आइतवार

तुलसीपुर, मंसिर ८, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङले विकासमा फड्को मारेको बताए । आइतबार दाङको दंगीशरण गाउँपालिका २ कलमखोलामा भएको चुनाबीसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश ५ सरकारले दाङमा सडकलाई प्राथमिकता दिएको समेत बताए । उनले अहिले दामोदर सडक तथा मदनभण्डारी राजमार्ग निर्माणले गति लिएको भन्दै राप्ती लोकमार्ग, तुलसीपुर अमिलिया, लमही–घोराही–तुलसीपुर सडकखण्ड स्तोरन्नतिको प्रक्रिया अघि बढेको समेत बताए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश ५ का ईञ्चार्ज समेत रहेका पोखरेलले २ बर्षमा सरकारले उल्लेख्य काम गरेको बताए । उनले कांग्रेसले लामो समयसम्म शासन चलाउँदा गर्न नसकेका काम नेकपाले छोटो अवधिमै गरेको दावी गर्दै विकासको चाहना भए नेकपाका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । उनले पश्चिम दाङबासीले समृद्धिका लागि नेकपालाई जिम्मेवारी सुम्पिसकेको भन्दै विगतको जनमतलाई कायम राख्न आग्रह गरे । यस क्षेत्रका जनताले उत्तरकुमार ओलीलाई अत्यधिक बहुमतले विजयी बनाउनुभएको थियो । यस क्षेत्रका लागि अहारात्र खट्दाखट्दै उत्तर कमरेडको निधन भएको थियो, उनले भने , उत्तर जीका सपना पुरा हुन बाँकी छन् । जसका लागि नेकपाका उम्मेदवार विमला वलीलाई विजयी बनाउन आग्रह गर्दछु ।

त्यस अवसरमा नेकपाको तर्फबाट उम्मेदवार बन्नुभएकी ओलीले श्रीमानको सपना पूरा गर्न पनि जनताले आफुलाई मत दिने बताईन् । उनले आफु निर्वाचित भएपछि पश्चिम दाङको विकास गर्ने र श्रीमान अधुरा सपना पुरा गर्ने समेत बताईन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार