दाङमा लागु औषध सहित ८ जना पक्राउ

Author Logo..
२०७६ मङ्सिर ८ गते आइतवार

 

तुलसीपुर,मंसिर ८ ः दाङमा प्रहरीले लागु औषध सहित ८ जनालाई पक्राउ गरेको छ । शनिवार घोराहीको छुट्टा छुट्टै स्थानबाट लागु औषध सहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका १४ बसपार्कबाट ५ जना र घोराही १३ बारकुने दह नजिकबाट ३ जनालाई पक्राउ गरेको हो । दुवै ठाउँबाट पक्राउ परेकाहरुबाट प्रहरीले प्रतिवन्धीत लागु औषध ब्राउन सुगर फेला पारेको थियो ।

शनिवार राती साढे ११ बजेको समयमा लागु औषधको कारोवार भैरहेको सुचनाको आधारमा खोजी गर्दा प्रहरीले कारोवारमा प्रत्यक्ष संलग्न भैरहेको अवस्थामा १० ग्राम ब्राउन सुगर सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक विनोदविक्रम शाहले बताए ।

पक्राउ पर्नेहरुमा घोराही–१३ का २१ वर्षिय विशाल पुनमगर, घोराही १४ का विशालसिह नेपाली, सोही ठाँउकै आलोक डाँगी र घोराही १५ का प्रविण वली रहेका छन् । लागु औषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले घोराही उपमहानरपाालिका–१३ बाह्रकुने दह नजिक ३० ग्राम २३० मिलिग्राम ब्राउनसुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घोराही—१३ का २६ वर्षिय अविनाश थापा, रुकुम पूर्वको भुमे गाँउपालिका–२८ वर्षिय तपजित घर्तीमगर र रुकुम पूर्व बाँफिकोट गाँउपालिका–७ का ३३ वर्षिय शेरबहादुर खत्री रहेका छन् ।
पक्राउ परेका ८ जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा २२ बमोजिम मुद्धा दर्ता गरी आवश्यक कार्बाही तथा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता शाहले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार