सरकारलाई खबरदारी गर्न काग्रेसले उपनिर्वाचन जित्नु पर्छ : प्रवक्ता शर्मा

Author Logo..
२०७६ मङ्सिर ७ गते शनिवार

शान्तिनगर, नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले अहिलेको निर्वाचनले सरकार बदल्ने नभई सरकारको शैली बदल्ने भएको बताए । शनिवार दाङको शान्तिनगर ३ पातेटाकुरामा रिर्पाेर्टर्स क्लब दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले बर्तमान सरकारले २१ महिना १० दिन सम्म जनताको चाहान बमोजिम केही काम गर्न नसकेको भन्दै त्यसका लागी खबरदारी गर्न काग्रेसले नै उपनिर्वाचनमा जित्नु पर्ने बताए । उनले उपनिर्वाचनको हारसँगै बालुटारमा चुनावी हारको समिक्षा हुने र त्यसपछि कम्युनिष्ट सरकार नसच्चिए जनताले साथ नदिने डर रहिरहने छ,त्यस कारणले पनि काग्रेसलाई जिताउनु पर्ने उनको भनाई थियो ।

त्यसैगरी उनले सरकार निर्वाचन प्रति गम्भिर नभएको बताए । सरकार आचार संहिता पालना गराउन लाग्नुको सट्टा उल्टो आफ्नै दलका कार्यकर्ताहरुलाइ निर्वाचन आचार संहिता विपरीत गतिबिधि गर्न लागाउनु दुखद घटना भएको बताए । उनले निर्वाचन आचार संहिताको पालना सबै पक्षबाट हुनु पर्छ भन्दै त्यसको लागि नेपाली कांग्रेस सधै तयार रहेको बताए । उनले निर्वाचन प्रभाब पार्ने खालका गतिबिधिलाई तत्काल रोक्न (नेकपा)को दुईतिहाई सरकारलाई आग्रह समेत गरे ।

लिपुलेकको विषयलाई लिएर देश एक भएको बेला सरकार सिमाबाट कुटनितिक पहल गर्न नसकेका भन्दै सरकार गम्भिर नभएको बताए । राष्ट्रबादी कुरा गरेर चुनाव जितेको नेकपा सरकार आज देशको सिमा मिचिदा पनि कुटनितिक पहल नगरी जनताको ध्यान मोड्नतर्फ लागेको आरोप लगाए । त्यसैगरी नेता प्रवक्ता शर्माले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भारतिय राजदुतसंग सिमा मिचिएको विषयमा फोन मार्फत प्रश्न गरेर सोध्दा समेत दुई तिहाई भएको सरकार यो विषयमा गम्भिर भएर अघि बढ्न नसेको बताए । उनले नेकपाको सरकारले यो विषयलाई लिएर दिल्लीसंग तत्काल छलफल गर्न सक्नु पर्ने समेत बताए । सिमाको विषयलाई लिएर प्रतिपक्ष कांग्रेस सरकारको समर्थनमा रहदा पनि दुईतिहाई सरकार गम्भिर नदेखिनु र कुटनितिक पहल नथाल्नु दुखद भएको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार