दाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङ घोराही उपमहानगरपालीका वडा नं. १६ को उप निर्वाचनमा बागी उम्मेदवार मनोनयन दर्ता गराएका जगलाल चौधरीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गरेको छ । पार्टी नीति विपरित नेकपाको उम्मेदवार विरुद्ध चौधरीले बागी उम्मेदवारी दर्ता गराई कांग्रेसको उम्मेदवारलाई सहज बनाउँने सड्यन्त्र गरेको भन्दै नेकपा दाङले एक प्रेस विज्ञप्ती जारी गरी कार्वाही गरेको जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टिकाराम खड्का र सचिव सुवास पुनद्वारा जारी विज्ञप्तीमा भनिएको छ –‘जगलाल चौधरीलाई निस्कासन गरिएको छ र उनलाई सहयोग गर्नेहरुलाई मातहतका सम्वन्धित कमिटीहरुले कडा भन्दा कडा कार्वाही गर्न निर्देशन जारी गर्दछौ ।’
साथै विज्ञप्ती मार्फत पार्टीको आधिकारिक उम्मेदवार सुरेशबहादुर केसीलाई निर्वाचनमा सक्रिय भई विजय गराउँने अभियानमा लाग्न सम्पूर्ण मातहतका संघ तथा संगठनलाई अनुरोध समेत गरिएको छ ।