दाङमा रहेको ५५ झ्याले दरबारको रुपमा चिनिएको भवन जिर्ण बन्दै

Author Logo..
२०७६ मङ्सिर ६ गते शुक्रवार

दाङ, दाङमा रहेको सिहंदरबारको भल्को दिने ५५ झ्याले दरबारको रुपमा चिनिएको भवन संरक्षणको अभावले जिर्ण बन्दै गएको छ । दाङकोे गढवा गाँउपालिका ३ गोबरडिहामा रहेको उक्त दरबार ५५ झ्यालेको रुपमा परिचित छ । तर भवनको संरक्षण गर्न नसक्दा ओझेल र जिर्ण बन्दै गएको छ । उक्त दरबार निर्माण गर्न भारतबाट मिस्त्री ल्याएर बनाएको स्थानियहरु बताउछन् । दरबार निर्माण गर्ने आवश्यक सामाग्राीहरु यहिको भएता पनि बनाउने मानिसहरु भारतबाट ल्याएर बनाईएको थियो । भवनमा ५५ झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएर सिंहदबारको नक्क्कल गरेको भन्दै तत्कालीन राणाहरुले भवन बनाउने जोखन प्रसाद माथि सार्वजनिक मुद्धा समेत चलाएका थिए । दरबार निर्माणको सुरुआत वि.सं १९१८ मा भएको थियो ।

३० वटा कोठा र ५५ वटा झ्याल भएको भवन निर्माण हुन करिब ९ बर्ष लागेका स्थानिय जानकारहरु बताउँछन् । राजपरिषद् स्थायी समितिका सभापति पर्शुनारायण चौधरीका बुबा जोखनप्रसाद चौधरीले बनाएको यो दरबार वातावरण मैत्री छ । दरबारको बिच भाग खुला छाडिएको छ । अरु कोठा काष्ठ कलाकौशलले सिंगारिएका छन । संरचनामा कुमारी घरको समेत झल्को देखिन्छ । अनि हनुमान ढोका दरबारमा भएजस्तै काष्ठकला देखिन्छ त्यो दरबारमा देउखुरीको यो ऐतिहासिक धरोहरलाई बाहिर चिनाउन कतैबाट पहल नभएको चौधरी परिवार बताउँछन् । त्यसलाई पुरातात्विक इतिहाससगै ऐतिहासिक धरोहरको रुपमा स्थापित गर्न चाहेको भन्दै त्यसक लागी राज्यले ध्यान दिनु पर्ने भवन निर्माण कर्ता चौधरी परीवारका एक सदस्य मनोज चौधरीले बताए ।

आफ्ना बाबु बाजेको पालामा गाउँमा १७८ जनालाई मुद्धा परेकाले सबैको सम्पती समेत रोक्का भएकाले स्थानिय सरकारले केही नगरेको उनले बताए । त्यसैगरी उक्त भवन भएको जग्गा ब्यक्तिहरुको भएता स्थानिय सरकारले भवनको संरक्षणको लागी गतबर्ष २५ लाख रकम दिदाँ पाि चौधरी परिवारले नलगेको गढवा गाउँपालिकाका ५ कावडा अध्यक्ष आशाराम चौधरीले बताए । उनले चौधरी परिवारले उक्त भवन राज्यको नाममा गरिदिए त्यसलाई स्थानिय सरकारले हेर्ने उनले बताए । नेपाल सरकार, पुरातत्व विभागले एक सय वर्ष पुराना ऐतिहासिक धरोहरलाई राज्यका तर्फबाट संरक्षण प्रदान गर्दै आएको छ ।

पुरातत्व विभागले एक पटक निरीक्षण गर्नु बाहेक यहाँ केही गरेको छैन । दुई वर्षअघि पुरातत्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वसन दिएर गएको भएपनि अहिले सम्म कुनै पनि काम नभएको दरबार निर्माण कर्ता जोखन प्रसाद चौधरीका नाति कैलाश चन्द्र चौधरीले बताए । प्रदेश सरकारले भवन संरक्षणको लागी केही बजेटले दिएको भएता पनि मुद्धाको कारण काम गर्न नसकेको भन्दै स्थानिय सरकारले यसको बारेमा सोच्नु पर्ने उनले बताए । दरबारमा भएका कोठाको भित्रि भाग समेत संरक्षण हुन सकेको छैन । दरबारका कोठाहरुमा झार पलाउन थालेका छन धमिरोले काठ खान थालेको छ । अहिले चौधरी परिवारकै सदस्यले यो ऐतिहासिक धरोहरलाई जोगाई राखेका छन ।

त्यो परिवेशमा बनाइएको यो दरबार अहिले संरक्षणको पर्खाइ छ । भवनमा प्रयोग गरिएका काष्ठकला अझै बिग्रेका छैनन् । बाल्यकालमा यो दरबारको स्मरण गर्दै संबिधान सभाका सांसद योगेन्द्र चौधरीले यो दरबारलाई संरक्षण गर्नुको साटो द्धण्दकालमा यसलाई भत्काउने काम भएको थियो, उनले भने । तर उनले यसलाई कुनै जातको भनाई सबैको साझाको रुपमा विकास गर्नु पर्ने बताए । यस ठाँउमा केहि घटना घटे अथवा कुनै केश प¥यो भने यहि भवनमा ल्याएर मिलाउने काम हुन्थ्यो, जोखन चौधरीका नाति केशव नारायण चौधरीले बताए । यो भवन निर्माण गर्न भारतबाट मिस्त्रीहरु ल्याएर बनाएको उनले बताए । त्यति बेला यहाँ भवन बनाउने मिस्त्रीहरु पाईदैन्थ्ये, हजुरबुवाले भारतवाट मिस्त्रीहरु ल्याएर यो भवनको निर्भाण गर्नुभएको उनले भने । हजुरबुवाको आफ्नै डिजाईनले नै यो भवन बनाउनु भएको हो । यो भवन र नेपालको सिंह दरबार उस्तै भएकाले राणाहरुको समयमा मुद्धा समेत बोक्नु परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार