स्थायी शान्तिका लागि राजा आवश्क : पूर्वमन्त्री बोहरा

Author Logo..
२०७६ मङ्सिर ५ गते बिहिवार

अनलाइन राप्ती, दाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता दीपक बोहराले नेता बोहराले अहिले नेपालमा जबरजस्ति धर्म परिबर्तन गर्ने ठूलो गिरोह सक्रिय भएको भन्दै यसले धर्मयुद्ध निम्त्याउन सक्ने समेत बताए । रिपोर्टस् क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताए । ‘ अहिले नेपालमा जसरी धर्म परिबर्तन भईरहेको छ, यो संबिधान बिपरित छ’ उनले भने ‘ यसले भबिष्यमा ठूलो धर्म युद्ध निम्त्याउन सक्ने भन्दै यसमा सचेत हुनुपर्ने अबस्था रहेको छ ।’
रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले पूर्व राजालाई पनि संबिधानको परिधीमा ल्याउनुपर्ने बताए । बिगतमा राजालाई संबिधान भन्दा माथि राखिएको भएपनि अहिले संबिधानको मातहतमा राख्ने गरि ल्याउनुपर्ने हाम्रो माग हो । उनले राजा राख्ने प्रक्रिया परम्परादेखि चल्दै आएको भन्दै यो परम्परालाई भूल्न नहुने समेत बताए ।

पूर्व राजा पनि शक्तिशाली भएकाले संसदको मुनी रहनेगरि ब्यबसपन गर्न सकिएमा शक्ति सन्तुलन हुने उनको भनाई छ । साथै अहिले सत्तापक्ष र प्रतिपक्षले मुलुकको बिकास र समृद्धिकालागि भूमिका निर्वाह गर्न नसकेको भन्दै यसको बिकल्प खोज्नुपर्ने बताए ।

साथै उनले भारतले सीमा मिचेको बिषयमा सरकार गम्भीर बन्नुपर्ने बताए । भारतले लिम्पियाधुरा, लिपुलेक, कालापाना मिचेर नक्सा सार्बजनिक गरेको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने बताए । ‘पहिलो पटक सर्बदलिय बैठकले सरकारलाई समर्थन गरेको छ, यस्तो अबस्थामा पनि सरकारले भारतसंग वार्ता गर्न सकेको छैन्,’ उनले भने ‘ यो बिषयमा सरकार गम्भीर बन्नुपर्छ ।’

त्यस अवसरमा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेलले यो निर्वाचन ‘मिनी’ जनमत संग्रह भएको समेत बताए । बर्तमान सरकारले गरेका काम र प्रतिपक्षले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्न उपनिर्वाचनको भूमिका महत्वपूर्ण हुने बताए ।
यो सत्तापक्ष र प्रतिपक्षको अग्नी परीक्षा भएको समेत बताउनुभयो । साथै उनले राप्रपा नेकपा र कांग्रेसको बिकल्पको रुपमा आएको बताए ।
त्यस अवसरमा राप्रपाको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का उम्मेदवार भुपाल रावतले आफुले यस क्षेत्रमा जित हाँसिल गरेमा यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रमको सहजीकरण महासचिब बिमल गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार