कमिरेचौर ,कानुन भन्दा माथी कोही पनि जान नहुुने बुुधबार बंगलाचुली गाउँपालिकामा आयोजीत एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । उनीहरुले जानेर वा नजानेर जस्तो सुुकै अवस्थामा पनि कानुुन वपिरीत काम गर्नेले सजाय भोग्नै पर्ने भन्दै सबैले कानुुनको पालन गर्नु पर्ने बताएका छन् ।
दाङको बंगलाचुली गाउँपालिकामा आयोजित समुदायमा सरकारी वकिल र प्रहरी साझेदारी कार्यक्रमको अवसरमा बोल्ने सरोकारवाला पक्षहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले जनतालाई कानुुनी राज्यको आभाष दिनाउनका लागि सम्वद्ध सबैले आ–आफ्नो क्षेत्रबाट लागी पर्नु पर्ने बताए ।
अध्यक्ष ओलीले राज्यले अहिले थालनी गरेको सारकारी वकील र प्रहरी साझेदारी कार्यक्रमबाट धेरै राम्रा कानुुनका कुराहरु सिक्न पाएको भन्दै आगामी दिनहरुमा गाउँपालीकामा यस्ता खालका कार्यक्रमहरुको आयोजना गर्दै जाने बताए ।
यस्तै कार्यक्रममा जिल्ला न्यायाधिबक्ता सुशील देवकोटाले कार्यक्रमका सहभागीहरुले राखेका विविध जिज्ञासाको बारेमा प्रस्ट पारेको थिए । उनले नयाँ लागुभएको मुुलुुकी ऐनका विभिन्न कानुुनी पक्षको बारेमा जानकारी गराएका थिए ।
यसैगरी कार्यक्रममा दाङ जिल्ला सरकारी वकिल कार्यालयलका सहायक जिल्ला न्यायाधिवक्ता ढक बहादुर रावत , जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन कुमार गौतम लगाएतले बोलेका थिए , कार्यक्रममा बंगलाचुली गाउँपालिकाका जनप्रतीनिधिहरु,विद्यार्थीहरु,विभिन्न राजनीतिक दलका प्रमुुख तथा प्रतिनीधिहरु,ईलाका प्रहरी कमिरेचौरका प्रहरी प्रमुख तथा प्रतिनिधीहरु,स्वाथ्यकर्मीहरु लगाएतको सहभागीता रहेको थियो । सहभागीहरुले कार्यक्रममा नयाँ कानुुनको बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण शिवराज पौडेलले गरेका थिए ।