एकताका लागि तयार छौ :सिपी मैनाली

Author Logo..
२०७६ मङ्सिर ४ गते बुधवार

तुलसीपुर, नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा माले बामघटक दलहरुसँग एकताको पक्षमा रहेको बताउनुभयो । रिपोर्टस क्लव दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव मैनालीले यस्तो बताए । उनले नेकपा माले समानता र समावेशीकरणको पक्षमा रहेको कुरामा जोड दिए ।

उनले आफु र आफनो पाटी धर्म निरपेक्षताको बिरोधमा रहेको पनि बताए । नेकपा माले धर्मनिरपेक्षताको बिरोधमा छ,त्यसको मतलब हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पक्षमा छैन’ उनले भने । त्यसैगरी उनले सबै पार्टी देशमुखी हुनुपर्ने पनि बताए । नेकपा माले देश बनाउने पक्षमा भएको भन्दै उहाँले अहिले देशमा सामाजिक पँुजीको विकास गर्न आवश्यक रहेको र मुलकमा अर्थतन्त्रको बिकास गर्ने लक्ष्य र उदेश्य आफनो पाटीसँग रहेको दाबी गरे । ।

त्यसैगरी दलाल माफिया पुजीवादको अन्त्यका लागि देशमा राष्ट्रिय पुजी र राष्ट्रिय उद्योग बढाउनुपर्ने उनको भनाई थियो । मैनालीले देशका साना व्यवसायीलाई प्रबद्र्धन गर्न जरुरी रहेको धारणा समेत राखे । त्यसैगरी उनले महिला पुरुष समान अधिकार हुनुपर्ने माग पनि गरे । उनले माले कडा नागरिकता नीतिको पक्षमा रेहको भन्दै ,गैर नेपालीलाई नागरिकता दिनु हुदैन् भन्ने पक्षमा रहेको समेत बताए । दाङ निर्वाचन क्षेत्र ३ (ख) मा हुन लागेको प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा मालेलाई बिजयी गराउनका लागि प्रचार प्रसारका क्रममा दाङ आएका मैनालीले दलहरुका एजेण्डा हेरेर मतदान गर्न मतदाताहरुलाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार