घोराही, यहि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि जिल्ला सुरक्षा समिति दाङले आवश्यक सुरक्षा रणनीति तयार पारेको छ । समितिले भुगोल, सञ्चार, दुरीका हिसाबले सुरक्षा संबेदनशिलताको बर्गिकरण गरेको हो ।
उपनिर्बाचनका लागि ६ वटा मतदानस्थललाई अती संबेदनशील क्षेत्रकारुपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।
२६ मतदान स्थललाई संबेदनशील र दुईवटा मतदान स्थललाई सामान्यको सूचिमा राखेको छ । सोही संबेदनशीलतालाई आधार बनाई सुरक्षाकर्मी परिचालन सँगै कार्य सम्पादनमा विशेष ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ ।
दुई स्थानमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३४ मतदान स्थल र त्यस भित्र ८२ मतदान केन्द्र तोकेको छ । मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाउने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन
निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा ९२० र घोराही १६ मा गरी ३४ वटा मतदानस्थल र ८२ केन्द्र निर्धारण गरिएको छ । यसैबीच जिल्ला सुरक्षा समितिले निर्वाचन हुने क्षेत्रका मतदानस्थलको अनुगमन गर्न सुरु गरेको छ । पहिलो चरणमा तुलसीपुर र दंगीशरणका मतदानस्थलको अनुगमन गरिएको छ ।
मसिर १४ नजिकिँदै गर्दा जिल्ला सुरक्षा संयन्त्रले दाङमा निर्वाचन हुने केन्द्रहरुको स्थलगत अनुगमन र अबलोकनलाई तिब्र परेको छ । पश्चिम दाङमा रहेका अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रहरुमा समेत उचित सुरक्षा ब्यबस्था मिलाउन स्थलगत अनुगमन जिल्ला सुरक्षा संयन्त्र पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको अगुवाइमा जिल्ला प्रहरी प्रमुख जनक भट्टराई, नेपाली शेना र सशस्त्र प्रहरीका प्रमुख सहितको सयुक्त टोली बबई, शान्ति नगर र दङ्गिशरणका झण्डै ३१ वटा मतदान केन्द्रीयहरुको स्थलगत अनुगमन गरेको गरेको छ ।