घोराही, ४ मंसिर : बबई गाउँपालिका १ गंगटेका गौरी पुनले गंगटेमा भइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनाबी सभामा स्वर्गीय प्रदेश सांसद उत्तरकुमार वलीकी ‘जहान’(पत्नी) खोई भन्दै आइन् । नेकपाका नेताहरुका साथमा गंगटे पुगेकी स्वर्गीय उत्तरकी धर्मपत्नी बिमला वलीलाई भेट्न गौरी चुनावीसभा आएकी थिइन् ।
मंसिर १४ गते हुने उपनिर्बाचनका लागि उम्मेदवार बनेकी बिमलालाई पुनले गंगटेमै भएको चुनावीसभामा देख्ने र भेट्ने अवसर प्राप्त गरिन् । वलीलाई भेट्न पुनले सयपत्रीको माला लिएर आएकी थिइन् । चुनावीसभामा बिमला वलीलाई चिनाए पछि मञ्चमा गएर अलमलमा नपरीकन पुनले माला लगाएर स्वागत पनि गरिन् ।
पुनले नेकपाका तर्फबाट उम्मेदवार बनेकी वलीलाई महिला भएकै कारण प्रश्न नउठाउन पनि आग्रह गरिन् । ‘महिलाले देशको नेतृत्व गरीसके तपाई प्रदेश सांसद भएर काम गर्न सक्नुहुन्छ म जस्ता महिलाको साथ यस पटक छ ।’
त्यसैगरी बबई गाउँपालिका १ सिमलकुनाका टेकराज बुढाले पनि स्वर्गीय नेता उत्तर कुमारी वलीकी पत्नीसँगै दुई दिनसम्म लगातार चुनाबी अभियानमा साथ दिए । महिलाहरु सक्षम रहेको भन्दै टेकराज बुढाले यसपटक एक मात्र महिला उम्मेदवारलाई सहयोग गर्ने बाचासहित दुई दिन बबईका बिकट बस्तीमासंगै प्रचारमा जुटे ।
बिमला वलीलाई गौरी र टेकराजले राजनीतिमा पहिलो पटक देख्ने अवसर प्राप्त गरेका हुन् । ठूला दलहरुले यसरी महिलालाई बिश्वास गरेको पहिलो पटक थाहा पाएको भन्दै गौरी र टेकराजले बलियो उम्मेदवार बिमला नै भएको बताए ।
स्थानीय कार्यकर्ता र जनताको साथ पाएकी वलीले चुनाव जित्ने पक्का भएको प्रतिक्रिया दिए । बिमलालाई अहिले मतदाताको घरमा पुग्न भ्याई नभ्याई छ । बिमलालाई यस्ता मतदाताले झन उत्साहित बनाएका छन् ।
दंगीशरणको सरुवाडाँडाबाट निर्वाचनको प्रचार सुरु गरेकी बिमला वलीले अहिले प्रचारलाई अन्तिम चरणमा पु¥याएकी छन् । पतिको निधन भएको एक बर्ष पूरा नहुदै उनको सपना पुरा गर्न निर्वाचनमा होमिएकी वलीलाई स्थानीय जनतादेखि नेतासम्मको साथ र सहयोग रहेको छ ।
उत्तरकुमार वलीको राजनीतिलाई सफलताको शिखरमा पु¥याउन सहयोग गरेकी बिमला वली जनताको सहयोग माग्दै बस्तीबस्तीमा पुगेकी छन् । श्रीमान्को राजनीतिलाई सफल बनाएकी बिमला अहिले पतिका अधुरा सपना पुरा गर्ने नारा लिएर बस्तीमा पुगेकी छन् ।
श्रीमान्लाई राजनितीको उचाईमा पु¥याउन सफल रहे पनि बिमला आफ्नै राजनीतिक पाइला सार्न मतदातासंग भबिष्यको खोजी गर्दै बस्तीमा पुगेकी छन् । निकै चासोका रुपमा हेरिएको निर्बाचनलाई सत्तासिन र प्रतिपक्ष दलका नेताहरुले पनि महत्वका साथ उम्मेदवार जिताउने कसरत गरीरहेका छन् ।
बलियो उम्मेदवारका रुपमा हेरिएकी बिमला वलीले पनि पार्टीले गरेको बिश्वासलाई आत्मसाथ गर्दै मतदाताको बीचमा गएको र जिताएर पठाएरमा श्रीमान्ले देखेका सपनलाई पूरा गर्ने प्रतिबद्धता मतदाताका बीचमा राख्दै आएकी छन् ।
बिमलालाई निर्बाचन जिताउने जिम्मा मतदाताको हातमा छ । चुनाब जिताउन जिम्मेवारी बोकेका गौरी जस्ता मतदाताले बस्ती बस्तीमा भनिरहेका छन् उत्तरकी जहान खोई ?