बझाङ केन्द्रविन्दु बनाएर ५.७ रेक्टरको भूकम्प

Author Logo..
२०७६ मङ्सिर ४ गते बुधवार

तुलसीपुर,मंगलबार बेलुकी सुदूरपश्चिम प्रदेशको बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा बेलुकी ७ बजेर १७ मिनेटमा ५.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
सुदूरपश्चिमसँगै, कर्णाली प्रदेश, प्रदेश ५ का विभिन्न जिल्ला तथा भारतका उत्तरी क्षेत्रमा सतेत धक्का महसुस गरिएको छ । भूकम्पबाट क्षति भएको छ या छैन भन्नेबारे भने जानकारी अझै नआइसकेको भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी शारदा ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार