तेक्वान्दोको ब्ल्याकबेल्ट ग्रेडिङ ४२ खेलाडी दिक्षित

Author Logo..
२०७६ मङ्सिर ४ गते बुधवार

लक्ष्मण बस्नेत,

तुलसिपुर :दाङको तुलसिपुरमा मंगलबार सम्पन्न जिल्ला स्तरिय तेक्वान्दो ब्ल्याक बेल्ट ग्रेडिङ तथा दिक्षान्त समारोह बाट ४२ खेलाडी दिक्षित भएका छन् । दाङ जिल्ला तेक्वान्दो संघको आयोजना तथा हाम्रो पहुँच सेकेण्डरी स्कुल तुलसिपुरको समन्वय मा भएको कार्यक्रममा ब्ल्याकबेल्ट लिन योग्य ४२ सिनियर खेलाडी बाट ४१ जनालाई ब्ल्याकबेट (कालो बेल्ट) र एक जना लाई सेकेन्ड डान प्रदान गरि दिक्षित गरिएको हो । जिल्लामा स्थापित डोजाङका महिला ९ र पुरुष ३३ सिनियर खेलाडी सहभागी भएको ब्ल्याकबेल्ट ग्रेडिङ बाट देवि चौधरी,बिबेक चौधरी,कपिल चौधरी, रितेश चौधरी, अजित चौधरी, अप्सन डागी,नमन केसि,सुजल महरा,मधुसुदन योगि,बन्दना भण्डारी,गोबिन्द भण्डारी,श्रीबिदा भण्डारी, समीर शर्मा,बिबेक भण्डारी,निरज बोहरा,निकिता बुढाथोकी, प्रताप बिक,आकृती पुन, बिभुती बोहरा,

आकाश रोका, सिद्धान्त योगि,नाईटिङगल राई,कमल रोकामगर,शिव कुमार निरौला,दिपेश शाह,जीवन परियार,रोशन रसाईली,प्रतीक लामिछाने, त्यसैगरी विक्रम पोख्रेल,प्रविन बुढाथोकी,माया गुरुङ,सुमित्रा चौधरी,सन्दिप घर्तिमगर,भक्तिराम थापा,मान बहादुर बिक,बिसाल बिक,राहुल सुनार,समीर क्षेत्री,सुनिल नेपाली,निरज श्रेष्ठ,दिपेश घर्ती, अन्जना पुन, बिकास नेपाली र दिक्षित भएको दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष भिम लाल बि.क.ले जानकारी दिए ! ब्ल्याकबेल्ट ग्रेडिङ कार्यक्रमको निर्णयमा सुवास चन्द्र केसि,भिम लाल बिक,राकेश परियार,बिरुभाई बज्राचार्य,मान बहादुर चौधरी,बिस्णु अधिकारी,तेज बहादुर बिक,बम बिक,सुनिता बिक,स्वागत परियार र तिलक पुन रहेका थिए ।

यसैबिच कार्यक्रम दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष भिम लाल बिक को अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं नेपाल तेक्वान्दो संघ प्रदेश न ५ का अध्यक्ष बिमल रिजाल को बिशिस्ट आतिथ्य मा भएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै मेयर पाण्डेले मानव स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुद क्षेत्र लाई देशको समृदी संग जोडेर लैजानु पर्ने बताए । बिकसित मुलुकहरुले खेलकुद कै माध्यम बाट समृदि हासिल गरेको उदाहरण प्रस्तुत गरेका पाण्डे ले अब देशको समृदी खेलकुद कै हातमा रहेको बताए ।

उनले अन्तरास्ट्रिय जगतमा देशको सान र गौरव लाई उच्च राख्न खेलकुद मात्र एक दरिलो माध्यम रहेको समेत बताए । सो अबसरमा कार्यक्रमका बिशिस्ट अतिथी बिमल रिजाल,दाङ जिल्ला खेलकुद बिकास समितिका तत्कालीन अध्यक्ष डिल्ली बहादुर डागी,तुलसिपुर उधोगबाणिज्य संघ का अध्यक्ष वीर बहादुर रावत (बिरु),लगाएतका बोलेका थिए । । कार्यक्रम को संचालन तेक्वान्दो का सहायक प्रशिक्षक राकेश परियार ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार