कर,करले होेइन रहरले तिरौँ : मन्त्री बराल

Author Logo..
२०७६ मङ्सिर १ गते आइतवार

घोराही, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले हरेक नागरिकले आ–आफ्नो स्थानबाट सक्ने जति योगदान गर्न सके देश बन्न धेरै समय कुर्नु नपर्ने बताए । आइतवार दाङको घोराहीमा आन्तरिक राजश्व कार्यालयले दाङले आयोजना गरेको करमैत्री यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले विगतदेखि नै कर तिर्ने र कर उठाउने बिचको सम्बन्ध सुमधुर बनाउन प्रयत्न जारी रहेको बताए । उनले कर तिर्ने र कर संकलन गर्ने बिचको सम्बन्धमा जब सम्म दुरी रहन्छ, तवसम्म जतिसुकै ठूला कुरा गरेपनि सफल हुन नसक्ने भन्दैसबै गम्भीर बन्ने पर्ने बताए । उनले राज्य संचालनका लागि सही अर्थमैत्री शासन व्यवस्था चाहिने हुँदा सरकारलाई तिर्नु पर्ने करका विषयमा कोही कसैले पनि नजरअन्दाज गर्ने, लापरवाही गर्ने काम गर्न नहुने बताए ।

त्यसैगरी उहनले देश बनाउने अभियानका लागि कर तिर्ने बानीको विकास गर्न आग्रह गरे । कर कसैको करबाट नभई रहरका साथ तिर्ने वातावरण बनाउन प्रदेश सरकार पनि नितिगत रुपमा अघि बढेको समेत बताए । करलाई कर अनुसारको नागरिकमा दायित्वबोध गराउन नसक्दा पनि समस्या देखिएको उनको भनाई थियो ।

अहिले स्थानीय तहमा उठाइने करका विषयमा नागरिक स्तरमा विभिन्न भ्रम र असन्तुष्टि देखिने गरेकाले त्यस तर्फ पनि ध्यान दिन स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गरे । त्यसैगरी कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले राज्यलाई तिर्नुपर्ने कर सही ढंगले सही समयमा सबैले तिर्नु पर्ने बताए । सधैभरी विदेशी सहयोगले देश संचालन गरेर देश बनाउन नसकिने भएकाले यहिको श्रोत साधनको उच्चतम प्रयोग गर्दै राज्यलाई तिर्नु पर्ने कर तिरेर असल नागरिकको परिचय दिन सबै आग्रह गरे । कार्यक्रममा सिस्नु पानी नेपालको टोलीले कर, करका विषयमा सचेतना तथा विभिन्न प्रस्तुती राखेका थिए ।

कार्यक्रममा सिस्नुपानी नेपालका सहसचिव सरोज कोइरालाले कोही पनि मरेर जाँदा कमाएको सम्पती लिएर नजाने हुँदा संस्कार र सभ्यताको धनी बन्न आग्रह गर्नुभयो । कवि अर्जुन पराजुली, हाँस्य कलाकार मनोज गजुरेलले करमैत्री शासन व्यवस्थाका लागि अव विद्यायल तहबाटै सचेतना प्रदान गर्न आग्रह गरे । विद्यालय स्तरमै पाठ्यक्रम बनाएर विद्यार्थीहरुमा करको विषयमा स्पष्ट पार्न सके भोलीका दिनमा निकै सहज हुने उनीहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार