तुलसीपुर,३० कार्तिक : संघिय सांसद हिराचन्द्र केसीले जनताको जिवन स्तर बदलिने गरि सरकारले काम गरिरहेको बताए । उनले सुखी नेपाली समृद्धी नेपालको सपना पुरा गर्ने गरि सरकारले काम गरिरहेको बताए । तुलसीपुर ११ जस्पुरमा शनिवार भएको युवाहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
जनता सामु विभिन्न भ्रम छरेर निराशाजनक हल्ला फैलाएका भन्दै त्यसप्रति आम नागरिक सचेत हुनुपर्ने बताए । नेपाली जनताले कम्युनिष्ट पार्टि रुचाएर समृद्ध नेपालको परीकल्पना गरेको हुदा सरकारले त्यो पुरा गर्ने उनको दावी छ ।
देश विकासमा युवाहरुको महत्वपुर्ण भुमिका भएको हुदा सक्षम युवा भई सरकारको सपना पुरा गर्न तर्फ केन्द्रीत हुनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको सांसद केसीले पश्चिम दाङले विकास चाहेको हुदा नेकपाको विकल्प नभएको बताए । पश्चिम क्षेत्रको विकास नेकपा बाटै सम्भव रहेको उनले बताए ।
युवा संघका अमर केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरकि उपप्रमुख माया आचार्य,वडा नम्बर १२ का वडाध्यक्ष श्याम डाँगी लगायतले बोलेका थिए ।