शाहको रिहाइको माग गर्दै आह्वान गरिएको बाँके बन्दले जनजीवन प्रभावित

Author Logo..
२०७६ कार्तिक २९ गते शुक्रवार

बाँके : नेपाल तरुण दल, नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहको रिहाइको माग गर्दै आह्वान गरिएको बाँके बन्दले जनजीवन प्रभावित भएको छ।  नेपाल तरुण दल, बाँकेले आह्वान गरेको बन्दका कारण शुक्रबार बिहानैदेखि यातायातका साधन सञ्चालनमा आएका छैन। बन्दले सार्वजनिक यातायात, विद्यालय, कलकारखाना, व्यापार व्यावसाय प्रभावित भएका छन्। नगर सभापति शाहको बिनासर्त रिहाइ र प्रहरी, प्रशासनले सत्ताको आडमा आफ्ना कार्यकर्तालाई दुःख दिएपछि बाँके बन्द आह्वान गरिएको जिल्ला सभापति वीरेन्द्रबहादुर शाहले बताए।  बन्दकर्ताको समूहले बिहानैदेखि नेपालगन्जको विपीचोक र कोहलपुर चौराहमा प्रदर्शन गर्दै आएका छन्। लामो तथा छोटो दूरीका सवारी साधन सचालनमा नआएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। नगर सभापति शाहलाई बाँके प्रहरीले कात्तिक १४ मा राति ८ बजे नेपालगञ्ज–२० स्थित नमस्ते भिलेज रेस्टुरेन्टबाट अमेरिकन स्वचालित पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार