घोराही १६ अध्यक्ष पदका उम्मेदवारमाथि दावी विरोधको उजुरी परेन

Author Logo..
२०७६ कार्तिक २८ गते बिहिवार

तुलसीपुर ,घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा रिक्त रहेका वडा अध्यक्ष पदका लागि बुधवार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरुद्धमा कसैको पनि दावी विरोधको उजुरी परेको छैन । आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागी मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्ध उजुरी गर्न सकिने गरी निर्वाचन आयोगले समय निर्धारण गरेको थियो । वडा अध्यक्ष पदका लागी पाँच राजनितिक दल र दुई जना स्वतन्त्र गरी सात जनाले मनोनयन दर्ता गराएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङका अनु्सार उम्मेदवार विरुद्ध कसैपनि दावी विरोधको उजुरी परेको छैन । निर्वाचन कार्यातालिका अनुसार शुक्रवार मनोनयन जाँचबुझ र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । यस्तै शनिवार उम्मेदवारी फिर्ता लिन सकिने र सोहि दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यालयले जनाकारी दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट सुरेस बहादुर केसी, नेपाली काग्रेसको तर्फबाट तारा बहाद्ुर डिसी, राप्रपाबाट प्रकाश केसी, समाजबादी पार्टीबाट बिमला पुन, मङगोल नेश्नल अर्गनाईजेशनबाट पहलमान आलेमगर, स्वतन्त्रबाट जगलाल चौधरी र समिर वलीले उम्मेदवारी दिएका छन् ।वडा अध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएपछि अहिले उक्त पद रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार