जनकल्याण माविले ल्यायो प्रदेश ५ मै उत्कृष्ट नतिजा

Author Logo..
२०७६ कार्तिक २८ गते बिहिवार

दाङ तुलसीपुर १८ दुधरासमा रहेको जनकल्याण माध्यमिक विद्यालयले प्राविधिक धार तर्फ उत्कृष्ट नतिजा ल्याएको दावि गरेको छ । प्राविधिक शिक्षा तथा ब्यावसायीक तालिम परीषद्ले सेमेष्टर प्रणाली अन्र्तगत विभिन्न विषयको हालै नतिजा सार्वजनिक गरेको हो । परीषद् सार्वजनिक गरेको नतिजा अन्र्तगत तीन बर्षे डिप्लोमा तहको सिभिल ईन्जीनियरीङको पहिलो सेमेष्टरमा विद्यालयले उत्कृष्ट नतिजा ल्याएको विद्यालयले जनाएको छ ।

जम्मा ३२ जना मध्ये २६ जना उतिर्ण भइ पाँच नम्बर प्रदेशमै पहिलो भएको विद्यालयको दावि छ । यसलाइ प्रतिशतमा लैजादा ८१।२५ प्रतिशत हुने गर्दछ । यस्तै नेपालभरका विद्यालयहरुमा चौथो भएको विद्यालयले जानकारी दिएको छ । जिल्लामा सिभिल ईन्जीनियरीङ घोराहीको रझेना, गोग्ली, लालमटियामा पनि पढाई हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार