आदिबासी समुदायका अधिकारलाई प्राथमिकता दिन्छौंः डा. रावत

Author Logo..
२०७६ कार्तिक २७ गते बुधवार

कात्तिक २७, २०७६
लमही, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी आदिबासी जनजातिको अधिकार कायम गर्ने बताए । बुधवार दाङको लमहीमा थारु कल्याणकारिणी सभाले आयोजना गरेको भेट्घाट कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले अहिले पनि आदिबासी जनजातिका अधिकार पूरा नभएको भन्दै त्यसका लागि जागरण अभियानको आवश्यक रहेको बताए । उनले भने, हाम्रो पार्टी आदिबासी जनजातिको अधिकार कायम गर्न काममा तत्परका साथ लागि परेको छ । आइएलओ १६९ मा उल्लेख भएको बनजंगल र जमिनमा आदिबासी जनजातिको अधिकार कार्यान्वयनको आवश्यकता रहेको छ । त्यसैगरी संयुक्त राष्ट्रसंघमा नेपालले गरेको प्रतिबद्धता अनुसार नै नेपालका आदिबासी जनजातिले अधिकार पाउनु पर्ने तर्क उनको भनाई थियो । अधिकांश समय आदिवासी जनजातिको हक अधिकारकै विषयमा कार्यकर्तालाई प्रशिक्षण दिनुभएका उनले वर्तमान राजनितिक परिस्थितिको बारेमा बोलेनन् । त्यसैगरी उनले अहिले स्थानीय सरकारले पैसा बाँड्ने मात्र काम गरेको आरोप बताए । उनले भने, उत्पादनमुखी क्षेत्रमा लागनी गर्न आवश्यक छ, तर रकम बाँडेर मात्रै हुँदैन, उत्पादन बढाउने स्थानीयस्तरमै रोजगारी दिनेगरी स्थानीय सरकारले काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार