तुलसीपुरमा विपद प्रतिकार्य तालिम

Author Logo..
२०७६ कार्तिक २७ गते बुधवार

कात्तिक २७, २०७६
तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटै वडाका प्रतिनिधिहरुलाई विपद व्यवस्थापन सम्वन्धि प्रशिक्षण दिइएको छ । विपदको जोखिमा कसरी जोगिने र अरुलाई जोगाउने भन्ने वारेमा प्रशिक्षण दिइएको हो । वातावरण तथा विपद व्यवस्थापन शाखाको आयोजना र रिपुमर्दण गण घोराहीको प्राविधिक सहयोगमा भएको प्रशिक्षणमा विपद र यसवाट जोगिने उपाय लगायतका विभिन्न विषयमा तालिम दिइएको शाखा अधिकृत भिमप्रकाश खत्रीले जानकारी दिए । उनले उपमहानगरपालिकाका ५० जना विपदसँग सरोकार राख्नेहरुलाई प्रशिक्षण दिइएको पनि वताए । विपदको जोखिमयुक्त क्षेत्रका वासिन्दालाई लक्षित गरेर आयोजना गरिएको तालिममा उनीहरुलाई अभ्यास समेत गराइएको थियो ।
३ दिनसम्म आयोजना गरिएको तालिमको वुधवार समापन गरिएको छ । कार्यक्रममा वोल्दै कार्यवाहक नगरप्रमुख माया शर्माले विपदवाट जोगिने सबैभन्दा प्रमुख कुरा सूचना भएको वताउँदै सूचना प्रणालीलाई व्यवस्थित गर्नका लागि उपमहानगरपालिकाले योजना वनाइरहेको उनको भनाई थियो । विपद पश्चात समयमै उद्दार र राहतका लागि उपमहानगरपालिकाले विपद व्यवस्थापन कोषको व्यवस्था गरेको समेत उनले जानकारी दिइन् ।
कार्यक्रममा वोल्दै प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले विपद थाहै नदिएर आउने भएकाले हरेक पल सचेत रहनुपर्नेमा जोड दिए । उनले आफु वस्ने ठाउँमा हुने विपदको पहिचान गरेर सचेतता अपनाउनुपर्ने वताए । वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्न ध्यान दिनुपर्नेमा जोड दिए । उनले साना साना कुरामा ख्याल नगर्दा विपद्ले ठूला ठूला विनास निम्त्याएको भन्दै सबै चनाखो भएर विपदको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख भिमप्रकाश खत्री, प्रमुख प्रशिक्षक रिपुमर्दण गण घोराहीमा क्याप्टेन उत्तरवहादुर चन्द, सहभागीका तर्फबाट नन्दा जिसी र भागिराम थापाले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण कुन्ता भन्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार