अनलाईन राप्ती/तुलसीपुर, तुलसीपुरमा रहेको हिमाल एकाडेमी विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले रक्तदान गरेका छन । “रक्तदान नै जिवन दान” हो भन्ने मुल नाराका साथ आइतवार विद्यालयका शिक्षक तथा विद्यार्थी गरी ४० जनाले रक्तदान गरेको विद्यालयले जनाएको छ । रगत दान नै जिवन दान हो, केयाँै विरामीहरु रगत नपाएर छट्पाएका हुन्छ, हामीसंग दिएको रगतले अरुको ज्यान बच्न सक्छ भने त्यो ने मानव धर्म भएकाले रक्तदान गरेको विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले तथा क्यालिटी सर्कलकी कोषाध्यक्ष प्रकृती खड्काले बताईन । त्यसैगरी विद्यालयमा क्यालिटी सर्कल गठन गरेको र त्यसैको आयोजनामा रक्तदान गरेको बताईन । मानिस धर्मकर्मको लागी धेरै गरेका हुन्छ, उनले भनिन्, सबै भन्दा धर्मको काम भनेको नै मानवको जिवन रक्षा गर्ने हो । हाम्रो शरिरमा चाहिने भन्दा बढि रगतलाई दान दिए त्यो नै पुण्यको काम हो । त्यसैगरी उनले पुरुषले बर्षमा ४ पटक र महिलाले ३ पटक रक्तदान गर्दा शरिरलाई फाइदा हुने भएकाले पनि यो कार्यक्रम गरेको बताईन । कार्यक्रममा विद्यालयका प्रिन्सीपल मधुसुधन केसी लगाएतका शिक्षक तथा विद्यार्थीहरुले रक्तदान गरेका थिए । यता दाङमा मासिक घोराही र तुलसीपुरमा ३ सय युनिट सम्म रगतको माग हुदै आएको रक्त संचार दाङका प्रमुद दिलीप न्यौपानेले बताए । उनले भने, विगतका केही बर्षहरुमा भन्दा हिजो आज रगतकोे सहज हुने गरेको छ । पछिल्लो विभिन्न ठाउँहरुमा रक्तदान कार्यक्रम हुने, कसैले जन्मोत्सव तथा अन्य कार्यहरुमा रक्तदान गर्ने भएकाले सहज हुने गरेको उनले बताए । दाङमा सबै भन्दा बढि बि पोजेटिभ मात्रामा आवश्यक पर्ने समेत उनले बताए । त्यसैगरी घोराही र तुलसीपुरमा ब्लड बैकं संचालन हुदाँ पनि सहज भएको बताए । घोराहीमा नहुदाँ, तुलसीपुरवाट र तुलसीपुरमा नहुदाँ घोराहीवाट ल्याउने लैजाने गर्दा सहज भएको बताए । त्यसैगरी उनले केहीले काँही ब्लड गुरुपको कारणले समस्या हुने गरेको बताए । त्यसैगरी दाङवाट नेपालगंज, बुटवलमा समेत रगत पठाउने गरेको बताए । केहीले काही दाङवाट गएका विरामीहरुले रगत नपाइपछि दाङवाट नै पढाउने गरेका छौँ, उनले भने ।