वडामा लागेको ताला खुल्यो

Author Logo..
२०७६ कार्तिक २५ गते सोमवार

तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ वडा कार्यालयमा लागेको ताला खोलिएको छ । वडा कार्यालयले मनोमानी ढँगले जनअपेक्षा विपरित योजना सञ्चालन गरेको आरोप लगाउँदै नेकपा वडा नम्वर १३ को कमिटीले आइतवार वडामा ताला लगाएको थियो । वडा कार्यालयले सञ्चालन गर्ने योजनाका वारेमा छलफल गर्ने सहमति पश्चात नगरप्रवक्ता सुर्यवहादुर डाँगीको रोवहरमा ताला खोलिएको हो । वडाका जनप्रतिनिधि र नेकपा वडा कमिटीका पदाधिकारीविच वार्ताका माध्यमबाट समस्या समाधान गर्ने सहमति भएपछि ताला खोलिएको प्रवक्ता डाँगीले वताए । तालावन्दीबाट समस्याको समाधान नहुने भन्दै वार्ताका माध्यमबाट अगाडि वढ्न आव्ह्वान गरिएको समेत उनले वताए । यता नेकपा वडा कमिटी अध्यक्ष हुमवहादुर नेपालीले वडाले मनोमानी ढँगले योजना सञ्चालन गरेको भन्दै तालावन्दी गरेको वताए । उनले राजनीतिक पूर्वाग्रहमा तालावन्दी नगरिएको पनि जानकारी दिए । “कतै चिप्लो बाटो अनि कतै एउटा गाडी छिर्न पनि गाह्रो हुने यस्तो विभेद अन्त गर्नका लागि तालावन्दी गरिएको हो ” नेपालीले भने । उनले वडालाई अल्टिमेटम सहित पत्र पठाउँदा पनि वास्ता नगरे पछि वाध्य भएको तालावन्दी गरिएको वताए । “हामीले वार्ताबाट समाधान खोजौ भन्दा पनि वडाध्यक्षले मान्नुभएन त्यसपछि विकल्पहिन भएर यस्तो गरिएको हो ” नेपालीले भने ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार