तुलसीपुर, दाङमा करेन्ट लागेर बर्षेनी कैयौ मानिसको अकालमै मृत्यु हुने गरेको छ । भने कतिपय घाईते भइ बाँची रहेका छन् । विद्युत प्राधिकरण तुलसीपुरका प्रशासन शाखा प्रमुख युबराज बिष्टका अनुसार आर्थिक वर्ष २०७५–७६ मा तुलसीपुर क्षेत्रमा करेन्ट लागेर तीन जना घाईते भएका छन् भने तीन ओटा जनावरको मृत्यु भएको छ ।
विद्युत प्राधिकरण तुलसीपुरको तथ्याङक अनुसार गत वर्ष विद्युत कार्यालयका दुई जना कामदार र एक जना तुलसीपुरका एक ब्यतिm घाईते भएका छन् । घाईते हुनेमा निमबहादुर चौधरी, मोहनबहादुर श्रेष्ठ र श्यामसुन्दर गुप्ता रहेकोे बिष्टले जानकारी दिए । त्यसैगरि एउटा रांगोलाई करेन्ट लागेर मृत्यु भएको थियो भने शान्ती नगरमा करेन्ट लागेर दुई ओटा गोरुको मृत्यु भएको थियो ।
यस्तै तुलसीपुर विद्युत वितरण केन्द्रले लाईन निमार्ण, विद्युत बिस्तार, मर्मत, सुधार र गुणस्तरिय सेवा दिने जस्ता कामहरुलाई मुख्य कार्य योजना बनाएर काम गर्दै आएको विद्युत वितरण केन्द्र प्रमुख जग्गनाथ लामिछानेले बताए । करेन्ट जस्ता दुर्घटना न्यूनिकरण गर्नका लागि नागरिक जनचेतना, आवश्यक रहेको बताए ।