काग्रेसको ५०१ सदस्यीय चुनाव प्रचार प्रसार मुल समिति

Author Logo..
२०७६ कार्तिक २२ गते शुक्रवार

तुलसीपुर, मंसीर १४ गते हुन लागेको दाङ क्षेत्र नम्वर ३ (ख) प्रदेश सभाको उपनिर्वाचनका लागि चुनावी माहौल तातिएको छ । ठुला चाडपर्वको समापन र कार्तिक २० गते मनोनयन दर्ता गरेका दल र स्वतन्त्र उम्मेदवारहरु चुनावी माहौलमा उत्रिएका हुन । उपनिर्वाचनमा १२ वटा पार्टी र २ वटा स्वतन्त्रले मनोनयन दर्ता गराएका छन् । यसैबिच कडा प्रतिस्पर्धामा रहेका नेकपा र नेपाली काग्रेसले चुनावी माहौललाई झनै तताएका छन् । नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३(ख)को आयोजनामा  शुक्रबार श्रीगाँउमा पार्टीको चुनावी भेला गरेको छ ।

भेलाले प्रदेश सभासदस्यका उम्मेदवार केशव आचार्यलाई निर्वाचित गराउन ५सय १ सदस्यीय प्रचार प्रसार मुल समिति गठन गरेको सचिब चुडामणी ढकालले जानकारी दिए ।  क्षेत्र नम्वर ३९ख०का सभापति खिमबहादुर वलीको संयोजकत्वमा क्षेत्र नम्वर ३ ९ख० अन्तर्गत दंङगीशरण, बबई र शान्तिनगर गाँउपालिकाका, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १, २, १० र ११ नम्वर नेपाली काग्रेस ईकाई सभापति,वडा कमिटि, महासमिति,महाधिबेसन प्रतिनिधि, नेपाल तरुण दल, नेबिसंघ, महिला संघ,नेपाल प्रेस युनियन, शिक्षक, दलीत, महिला, अपाङ लगायत सम्पूर्ण भातृ तथा शुभेच्छुक संघ संस्थाहरुको प्रतिनिधित्व हुने गरी ५ सय १ सदस्यीय प्रचार प्रसार मुल समिति गठन गरीएको हो ।

त्यसअवसरमा नेपाली काग्रेसका केन्द्रीय सदस्य एबम पूर्ब मन्त्री दिपक गिरीले लोकतन्त्रबादी र कम्युनिष्ट बीचको प्रतिस्पर्धाको लागि यो चुनावलाई लिएको बताए । त्यसकारण अव कुनै पनि बहानामा वा प्रतिसोधमा नभई लोकतान्त्रिक प्रणालीको रक्षाका लागि चुनावी मैदानमा उत्रन सबैलाई आग्रह गरे । कार्यक्रममा नेपाली काग्रेसका नेता एबम प्रदेश सभासदस्य डिल्लीबहादुर चौधरीेले दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारबाट निराश भएका नागरिकलाई काग्रेसको पक्षमा ल्याउनु पर्ने सुझाब दिए  । सो अवसरमा प्रदेशसभा सदस्यका उम्मेदवार केशव आचार्यले चुनावी मैदानमा उत्रन आह्वान गर्नुहुदै रातलाई रात र दिनलाई दिन नभनिकन नागरिकको घरदैलोमा पुग्ने प्रतिबद्धता जनाए  ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार