भालुवाङ, मुटुको समस्याबाट उपचाररत भालुवाङ्गका पत्रकार महेश रिजाललाई देउखुरीको मसुरियास्थित घण्टदेव सामुदायिक वन समूहले चेक मार्फत १५ हजार सहयोग गरेको छ । बन समूहको निर्णय अनुसार समूहका अध्यक्ष दलबहादुर घर्ती मगर सहितको टोलीले महेश रिजाल उपचार समितिका सदस्य चित्रबहादुर महतरालाई बिहीबार अपरान्ह कार्यालय परिसरमा उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।
त्यसैगरी मसुरिया निवासी किरण भण्डारीका पिता केदारकल्प भण्डारीले पनि पत्रकार रिजालका लागि नगद ३ हजार ५ सय सहयोग महतरा मार्फत उपलब्ध गराएका छन् । सो सहयोग रकम महताराको हातमा हस्तान्तरण गर्दै वयोवृद्ध नागरिक भण्डारीले फेरि पनि सहयोग गरिने कुराको घोषणा गरेका छन् । एवम् प्रकारले देउखुरीकै भालुवाङ्ग निवासी हाल दक्षिण भारतमा रोजगारी गरिरहेका मेघराज पोख्रेलले पनि लालमटिया निवासी नन्दलाल खनाल हस्ते ३ हजार नगद सहयोग चित्रबहादुर महतारालाई प्रदान गरेका छन् ।