घोराही १४ मा लागु औषध प्रयोग गरी हिडडुल गर्न नपाईने

Author Logo..
२०७६ कार्तिक २२ गते शुक्रवार

घोराही, घोराही उप–महानगरपालिका १४ मा लागु औषध प्रयोग गरी हिडडुल गर्न नपाईने भएको छ । कुनै व्यक्तीले लागु औषध प्रयोगगरी हिडडुल गरेको पाईए नयाँ बजार शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य परिक्षण गरी कारवाही गर्ने वताएको छ । लागु औषध सेवन विरुद्ध स्वास्थ्य परिक्षण कार्यक्रमको उ्घाटन गर्दै वडा कार्यलयले यस्तो जानकारी गराएको हो ।

उद्घाटन कार्याक्रममा बोल्दै घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराहीलाई लागु औषध दुर्वेशनी मुक्त गर्नका लागि अभियान संचालन गरेको वताउँनुभयो । चौधरी पछिल्लो समय अधिकासं युवा युवती लागु औषध दर्वेशनीमा फसेका कारण उनिहरुको सामाजिक,शैक्षिक बिकास र समाजमा विभिन्न आपराधिक घटना बढ्दै गएको वताउँदै त्यसको अन्त्य गर्न आफुहरु लागेको बताए ।्त्यसक्रममा बोल्दै घोराही उप–महानगरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीले लागु औषध प्रयोग गरेको पाईए तीन पुस्ते नाम सार्वजनि कगरिने बताए । कार्यक्रममा नगर स्वास्थ्य प्रमुख नारायण घर्ती लागएतले बोल्नु भएको थियो वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार