निकै तामझामका साथ दाङमा मनोनयन दर्ता

Author Logo..
२०७६ कार्तिक २१ गते बिहिवार

दाङ, मंसीर १४ गते दाङको निर्वाचन क्षेत्र नं. ३ (ख)मा हुन लागेको उपनिर्वाचनमा बिहीवार विभिन्न दलहरुले निकै तामझामका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङमा उम्मेदवारी दर्ता गरेका छन । उपनिर्वाचनका लागि मनोनयन दर्तालाई व्यवस्थित र शान्ति पूर्ण रुपमा गराउन मुख्य निर्वाचन कार्यालयले विहान १० बजेदेखी १ बजे सम्म समय तोकिदिएको थियो । सोही अनुरुप नेपाली कांग्रेसले करीब साढे ११ बजे र नेकपाले साँढे १२ बजे मनोनयन दर्ता गराउने हुन । त्यसपछि अन्य दलहरुले उम्मेदवारी दर्ता गराएका हुन । स्वर्गीय उत्तर कुमार वलीको सवारी दुर्घटनामा परि निधन भएपछि प्रदेशसभा सदस्यको लागी उपनिर्वाचन हुदैछ । त्यसका लागी सत्तासिन दलको तर्फवाट स्वर्गीय वलीकी श्रीमती बिमला वली र प्रतिपक्ष दल नेपाली काग्रेसको तर्फवाट केशवराज आचार्यले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरी साझा पार्टीको तर्फवाट शिव कुमार चौधरी, राप्रपावाट भुपाल रावत, समानवादी पार्टीवाट डिल्ली बहादुर डाँगी, राप्रपा संयुक्तवाट छोटीलाल चौधरी, राष्ट्रिय जनमोर्चाबाट डिलाराम बुढाथोकी, नेकपा माले हरिप्रसाद डाँगीले पनि मनोनयन दर्ता गर्ने गराउनु भएको छ । मनोनयन दर्तापछि दिउँसो १ बजेदेखि ३ बजेसम्म कार्यालयले मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने भएको छ । त्यसैगरी, २२ गते शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिने व्यवस्था गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यस्तै २३ गते विहान ११ बजेदेखि १ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरिने र सोही दिन २ बजेदेखि ५ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी २४ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय दिइएको छ, भने सोही दिन २ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । कार्यालयले २५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । यस्तै, घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षको निर्वाचनका लागि भने कार्तिक २७ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार