दाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठुला दलका नेताहरु कारण आज नेपालीको शिर झुकेको बताए । राप्रपा दाङको उम्मेदवार घोषणा सभालाई बुधवार तुलसीपुरमा सम्बोधन गर्दै उनले नेपालको सिमा मिच्ने कुरामा होस् वा नेपालमा विदेशीहरुले आफ्ना स्वार्थ लाद्ने कुरामा विदेशीहरुको मनोवल बढेको बताए । यो सबै हुनुमा नेपालका ठुला नेताहरु सत्तामा पुग्न र टिक्न विदेशीको चाकडी गर्ने कारणले भएको आरोप लगाए ।
त्यसैगरी उनले केही दिन अगाडी भारत सरकारले सार्वजनिक गरेको नक्साले नेपालको भुमी समेत कब्जा गरेको पाएकाले त्यो आपतीजनक भएको भन्दै त्यो नेपाली जनताले कदावी नस्विकार्ने समेत बताए । कालापानी, लिपुलेक नेपालको अभिन्न अगं भएको भन्दै, अध्यक्ष थापाले भने,भारतले लामो समयदेखी अनधिकृत रुपमा कब्जा गरेको छ । नेपालले त्यसको विरोध गर्दै आएको भएता पनि फेरी कालापानी र लिपुलेक भारतको नक्सामा भारततिर पारीएकोमा आपत्ति जनाए ।
त्यसैगरी उहाँले पटक–पटक नेपालको राष्ट्रियता माथी खेलवाड हुदाँ पनि आफुलाई राष्टवादी भन्ने प्रधानमन्त्री ओली पछिल्लो समय निरही बन्दै गएको समेत आरोप लगाए । उनले भने, प्रधानमन्त्री ओलीले कुनै बेला राष्ट्रियताको अडान लिदाँ नेपाली जनताले २ तिहाईको बहुमत प्रदान गरेका थिए, तर अहिले नेपाली भुभाग कब्जा हुदाँ समेत निरही र लाचरी बन्नुले राष्ट्रवादी सोच हराउदै गएको आरोप लगाए । उनले त्यसका लागी नेपाल सरकारलाई भारतसंग जति सक्यो चाडो कुटनितिक पहल थाल्न आग्रह गरे । त्यसैगरी अध्यक्ष थापाले अहिलेको दुई तिहाईको सरकार तथा प्रमुख प्रतिपक्ष काग्रेसबाट जनता सन्तुष्ट नरहेको बताए । केही बर्ष यता देशमा भई रहेको विकृति,विसङगती,बेरोजगारी समस्या,शान्ति सुरक्षाको अभावका तथा सरकार भष्टाचारमा पसेका कारण जनताहरु सरकारबाट रुष्ट भएको बताए ।
एक पटक कुनै पार्टीलाई भोट हाल्दैमा सधै भरी त्यसलाई नै भोट हाल्नु पर्छ भन्ने पार्टीको स्वार्थ भन्दा माथी उठेर स्वतन्त्र र स्वाभिमानी नागरिक भएर नेपाली जनता यो देशको दास होईनन् मालिक हुन भन्ने सन्देशका साथ यस पटकको चुनावमा राप्रपा उम्मेदवारलाई भोट दिएर नेकपा र प्रतिपक्ष काग्रेसलाई सुभाव दिन आग्रह गरे । उनले आफ्नो आत्मालाई धोका दिएर कोही शुखी हुन नसक्ने भन्दै आगामी मंसिर १४ मा हुन गई रहेको उपनिर्वाचनमा आफ्नो आत्मालाई सांक्षी राखेर भोट हाल्न आग्रह गरे । कार्यक्रममा राप्रपा केन्द्रिय उपाध्यक्ष प्रेमबहादुर भण्डारी,नेपालगंज उपमहानगरपालिकाका मेयर धवलशमशेर जवरा, प्रदेश ५का अध्यक्ष प्रदिप कुमार उदय,भुपाल रावत लागाएतले बोलेका थिए ।
यसैविच सभाले प्रदेश सभा सदस्यमा भुपाल रावत र घोराही उपमहानगरपालिका वडा नं ६ को अध्यक्षको लागी प्रकाश केसीलाई उम्मेदवार बनाएको छ ।