देविराम कुसारी
गोल्टाकुरी । पत्रकार महासंघ दाङका केन्द्रिय सभासद देविराम कुसारी र उनकी बहिनी मोडेल सन्जु केसीको पहलमा आगलागी पीडितको घर निर्माण हुने भएको छ । दाजु वहिनिको पहलमा उठेको सहयोग रकम वाट दंगिशरण २ बंगलापुरका आगलागी पीडित रते कामी विकको नयाँ घर निर्माण हुने भएको हो । गएको वैशाख १२ गते बाघेचिरा जंगलमा लागेको आगो घरमा सल्किदा विकको सम्पुर्ण क्षति भएको थियो । लामो समयसम्म पनि विकले घर बनाउन नसकेपछि पत्रकार कुसारीको आग्रहमा मोडेल केसीले अष्ट्रेलियामा र पत्रकार कुसारीले नेपालमै सहयोग संकलन गरेका थिए । यसरी संकलन गरेको रकमवाट पहिलो पटक २ हजार पक्की इट्टा, २५ वोरा सिमेन्ट, साढे एक बण्डल जस्तापाता विकको श्रीमतीलाई हस्तान्तरण गरिएको छ । दंगिशरण २ का वडा अध्यक्ष तुलसीराम देवकोटा, वडा सदस्य नन्दराम खत्री, सि यम पि आरका शान्ति स्वयम् सेवक र स्थानीयको रोहवरमा सो सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
मिस राप्ती, मिस हिमालयन समेत भैसकेकी, हाल अष्ट्रेलियमा अध्ययनरत केसीले अझै पनि अत्याआवश्यक सामाग्री अष्ट्रेलियामा रहेका साथिहरुको सहयोगमा पूरा गर्न पहल गर्ने वताएकी छिन् । विक परिवारले यो समाग्रीवाट घर निर्माण गरिसकेपछि लत्तकपडा पनि सहयोग पर्दान गर्ने पत्रकार कुसारीले वताएका छन् । घरमा आगलागी भएको ८ महिनासम्म पनि विक परिवार अर्काको घरमा बस्दै आईरहेको छ । विक परिवार आगलागीको पिडामा मात्रै छैन छोरीको उपचार खर्चबाट पनि पीडित भएको छ । आफ्नो घर आगलागी भएपछि सहारा दिदै आएकी विकको छोरीको पनि विजोग भएको छ । तुलसीपुर उमनपा १३ फुलवारीकी विककी छोरी संगीता विकको माटोको ढिस्कोमा पुरिदा खुट्टा भाचिनुका साथै गम्भिर घाईते भएकी छन् । छोरी संगीताको हाल शुष्मा मेमोरियल अस्पताल काठमाडौंमा उपचार भैरहेको छ । रते छोरीको उपचारका लागि एक महिनादेखि काठमाडौंमा रहेको हुँदा श्रीमती र सन्तान अरुकै घरमा साहारा लिएर वसेका छन् ।