तुलसीपुर
१५ कात्तिक / राप्ती आखा अस्पतालले हालसम्म करिब २९ हजारलाई आँखाको ज्योति प्रदान गरेको छ ।
अस्पतालको तथ्यांक अनुसार २८ हजार नौ सय २१ जनालाई उज्यालो प्रदान गरेको छ । नेपाल नेत्र ज्योति संघको १७ औ साधारण सभामा बहादुर गंजका वरिष्ठ अधिकुत डा. समशेर थापाले उक्त तथ्याङक प्रस्तुत गर्दै यस्तो बताए ।
साथै साविक राप्ती अंञ्चलमा दृष्टिविहिनताको संख्या घट्दै गएको छ । सन १९८१ मा गरिएको आठ लाख ८५ हजार तीनसय ९४ जनामा गरिएको पहिलो सर्वेक्षणमा ०.८६ प्रतिशत मानिसमा अन्धोपनको समस्या रहेको थियो भने सन २०११ मा १४ लाख ७४ हजार पाँचसय ४५ जना मानिसमा गरिएको दोस्रो सर्वेक्षणमा ०.१३ प्रतिशतमा झरेको थियो । नेपाल नेत्र ज्योती संघको सेवाका कारण राप्तीमा दृष्टि विहीनको संख्यामा कमी आएको थापाले जानकारी दिए । विश्वको तथ्यांक अनुसार ५५ प्रतिशत महिला तथा ९८ प्रतिशत कम र मध्यम आय भएका राष्ट्रहरुमा दृष्टिविहीन भएको पाइन्छ ।
तथ्याङक अनुसार हाल नेपालमा दुई लाख ४६ हजार दृष्टिविहिन भएको अनुमान गरिएको छ । नेत्र ज्योति दाङ शाखाका सभापति विष्णुकुमार गिरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेत्र ज्योतिका सल्लाहकार ढुण्डीराज लामिछाने, नेत्र ज्योति संघ प्रदेश नं. ५ का कोषाध्यक्ष लिला शाह, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशिल बस्नेत, गुरु जजुर नमुना माविका प्र.अ. प्रमोद आचार्य, दाङ नेत्रहिनका अध्यक्ष रामबहादुर खड्का लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्रगति प्रतिवेदन सचिव सुरेन्द्र खड्का तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्यामप्रकाश आचार्यले गरेका थिए । नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुरेन्द्र खड्काले गरेका थिए ।