• २०७७ फाल्गुन २० गते बिहिवार

लम्जुङ , बागलुङ, सिन्धुपाल्चोकमा नेकपाका उम्मेदवार विजयी

Author Logo..
२०७६ मङ्सिर १४ गते शनिवार

काठमाडौँ, लम्जुङ सुन्दरबजार नगरपालिका २ मा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए । सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । त्यसैगरी बागलुङको बडिगाड गाउँपालिका–२ को वडाअध्यक्षमा ढालेन्द्र शेरचन विजयी भएका छन्। बाम गठबन्धनबाट उम्मेदवार बनेका शेरचनले ७०४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिल बहादुर रानाले ४ सय १२ मत प्राप्त गरेका छन्। त्यसैगरी सिन्धुपाल्चोकको इन्द्रावती(८ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार केदारनाथ आचार्य विजयी भएका छन्। उनले ७ सय १२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसक अशोक तामाङले ४ सय ३९ मतमा चित्त बुझाए। राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ १२ र राप्रपा नेपालकाले ३ मत मात्रै ल्याए भने ९ मत बदर भएको छ। उत्साहजनक रूपमा मतदान भएको मतदानमा ११ सय ७५ मत खसेको थियो। सो वडामा १४ सय ४ मतदाता थिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार