• २०७७ कार्तिक ४ गते मङ्गलवार

रोल्पाको थवाङमा नेकपाका उम्मेदवार विजयी

Author Logo..
२०७६ मङ्सिर १४ गते शनिवार

रोल्पा : रोल्पाको थवाङ गाउँपालिका-१ मा शनिबार भएको उपनिर्वाचनबाट सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन्। नेकपाका उम्मेदवार जनकबहादुर बुढा १७४ मत ल्याएर विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका कमलबहादुर रोका मगरलाई हराएका हुन्। मगरले २६ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार थवाङमा १६.४ प्रतिशत मत खसेको थियो। यहाँ एक हजार दुई सय ७४ जना मतदाता भए पनि दुई सय ९ मत खसेको थियो। ९ मत बदर भएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार