• २०७७ कार्तिक १२ गते बुधवार

प्रदेशसभा सदस्यको लागी किरियापुत्रीले पनि मतदान गरे

Author Logo..
२०७६ मङ्सिर १४ गते शनिवार

दाङ, दाङका विभिन्न मतदान केन्द्रवाट किरियापुत्रीहरुले पनि मतदान गरेका छन् । प्रदेशसभा सदस्यको लागी दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) को शान्तीनगर गाँउपालिका २ मा रहेको जनकल्याण मावि सिमसुन्दरपुर केन्द्रबाट मा ४ जना किरियापुत्रीले पनि मतदान गरेका हु्न । मतदान गर्नेहरुमा अमर विष्ट , खिम बहादुर विष्ट, दुर्गा बहादुर खड्का र केशरी खड्का रहेको सहायक मतदान अधिकृत मदन बस्नेतले बताए । उक्त मतदान स्थलमा ३ हजार १ सय १३ मतदाता रहेकोमा २ हजार ६२ मत खसेको सहायक मतदान अधिकृत बस्नेतले बताए । त्यसैगरी बबई गाउँपालिका ५ बबरपुरका किरियापुत्री जित बहादुर डाँगी, तुलसी डाँगी, मिहाल डाँगी र ईश्वरी डाँगीले जनता आधारभुत विद्यालयमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेका थिए ,

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार