• २०७७ मङ्सिर ९ गते मङ्गलवार

प्युठानमा ऐम्बुलेन्स दुर्घट्ना हुँदा एक दुर्घटनामा एकको मृत्यु

Author Logo..
२०७६ मङ्सिर १४ गते शनिवार

दाङ, प्युठानको ऐरावती गाउँपालिका ५ पकलामा ऐम्बुलेन्स दुर्घट्ना हुँदा एक जनाको मुत्यृ भएको छ भने, अन्य चार जना घाईते भएका छन् । शुक्रवार राती ऐरावती एक वन्जाडे गाउँमा सुत्केरी विरामी छोडेर फर्कने क्रममा ऐम्बुलेन्स दुर्घटना भएको हो । धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको ऐम्बुलेन्स दुर्घट्ना हुँदा ऐरावती पाँच जाडिका २८ वर्षिय रेशम थापाको मुत्यृ भएको छ ।

जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा उनको मुत्यृ भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए । दुर्घट्नामा घाईते हुनेमा सोही गाउँका ऐम्बुलेन्स चालक ३२ वर्षिय खेमराज थापा, १९ वर्षिय लक्षुमण थापा, ३१ वर्षिय होतराज थापा र २१ वर्षिय प्रदिप थापा घाईते भएका छन् ।
लक्षुमण थापाको सामान्य अबस्था भएकाले विजुवारमै उपचार भईरहेको छ भने अन्य तीन जनाको जिल्ला अस्पताल विजुवारमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि वुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । ऐम्बुलेन्स सडकदेखि सात सय मिटर तल झिमरुक खोलामा खसेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार