• २०७७ कार्तिक १५ गते शनिवार

यसैवर्ष दाङ सल्यान बैकल्पिक बाटो : मन्त्री ज्वाला

Author Logo..
२०७६ मङ्सिर १३ गते शुक्रवार

तुलसीपुर, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले यसै वर्ष दाङ सल्यान जोड्ने वैकल्पिक बाटो सञ्चालनमा आउने बताए । शुक्रवार दाङको तुलसीपुरमा  पत्रकारहरुसंग संक्षिप्त कुराकानी गदै मन्त्री फरक प्रदेशमा रहेपनि दाङ र सल्यानको भावनात्मक सम्वन्ध रहेको बताउँदै हरेक दृष्टिले दाङ केन्द्रमा रहनेगरी कर्णाली प्रदेश सरकारले योजना अगाडि बढाएको कुरामा जोड दिए । ‘दाङलाई जोड्ने गरी दुई वटा मुख्य सडकको योजना अगाडि वढेको छ ’ मन्त्री ज्वालाले भने ।

उनले अमिलिया तुलसीपुर–श्रीनगर र दाङ–सुर्खेत सडक खण्ड प्राथमिकताका साथ अगाडि बढेको वताए । ‘ राप्ती राजमार्गको सल्यान खण्डको काम टेण्डरको समस्याका कारणले गतवर्ष भएन तर यो बर्षबाट निर्माण प्रक्रिया अगाडि वढ्नेछ ’ उनले भने । उनले राप्ती राजमार्ग निर्माण हुँदा वैकल्पिक मार्ग सञ्चालन हुने गरी काम अगाडि बढाइएको समेत बताए । मन्त्री ज्वालाले दोघरे मखनटाकुरी लुहामसम्मको सडकको काम ७५ प्रतिशत सकिएको भन्दै बाँकी काम पनि तत्काल सम्पन्न हुने बताए ।

सल्यानका धेरै योजना दाङसँग जोडिएको बताउँदै मन्त्री ज्वालाले दाङलाई कर्णाली प्रदेशसँग समन्वय गर्ने प्रदेशका रुपमा अगाडि बढाउन आबश्यक रहेको बताए । उनले राप्ती राजमार्ग र दाङ्ग सुर्खेत सडक खण्डको निर्माणसँगै दाङ  कर्णाली प्रदेशको हवका रुपमा विकास हुने समेत बताए । उनले दाङ –सुर्खेत सडक खण्ड प्रयोग गर्दा ७० किलोमिटरको फरक पर्ने भएकाले सबैले यही रुट प्रयोग गर्ने समेत बताए । त्यसैगरी उनले तुलसीपुर बिमानस्थल सञ्चालनका लागि पहल गर्न आवश्यक रहेको  भन्दै यो विमानस्थल कर्णाली प्रदेश जनताका लागि समेत आवश्यक रहेको बताए ।

मन्त्री ज्वालाले भेरी बबई डाइभर्सनले पनि दाङ र कर्णाली प्रदेशलाई जोड्ने बताए । सो अवसरमा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले दाङ–सल्यानलाई जोड्नका लागि कालान्तरमा सुरङ्ग मार्ग नै निर्माण गर्न आवश्यक रहेको बताए । नगरप्रमुख घनश्याम पाण्डेले कर्णाली प्रदेश प्रदेशका केही जिल्ला तुलसीपुरसँग जोडएको भन्दै एकीकृत योजना निर्माण गर्न आग्रह गरे । उनले कर्णाली प्रदेशका धेरैजसो विद्यार्थीहरु तुलसीपुरमा अध्ययन गर्ने भएकाले कर्णाली छात्राबास निर्माणका लागि समेत पहल गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार