• २०७७ फाल्गुन २० गते बिहिवार

बस दुर्घटनाप्रति मुख्यमन्त्री पोखरेलद्धारा दुःख व्यक्त

Author Logo..
२०७६ मङ्सिर १२ गते बिहिवार

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आर्घाखाँचीको नरपानिमामा बुधबार १९ जनाको मृत्यु र १६ जनाको घाइते हुने गरी भएको दुर्घटनाले स्तब्ध बनाएको बताएका छन् । मुख्यमन्त्री पोखरेल आज एक शोक विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समबेदना व्यक्त गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले दुर्घटना लगतै उद्धारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय राजनैतिक दलका नेता, कार्यकर्ता र स्थानीय समुदायको सक्रियता र पहलकदमीलाई धन्यवाद समेत दिएका छन् । सडक क्षमता भन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अबस्था लगायतका कारणले दुर्घटना बढेको उल्लेख गर्दै पहाडी क्षेत्रको कठिन भूगोलमा निर्माण गरिएका साँधुरा सडकमा तीब्र गतिमा गाडी चलाउने प्रवृतिले पनि दुर्घटनाको जोखिम बढेको बताएका छन् ।

साथै दुर्घटनाको कारण पत्ता लगाएर सरकारले सडक बिस्तारको कामलाई तीब्र बनाएको बताएका छन् । बढ्दो दुर्र्घटनालाई न्युनिकरण र रोकथाम गर्न नसक्ने हो भने आगामी दिनमा नेपाली समाजमा यसले ठूलो समस्या ल्याउने बताउँदै प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार